
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेसका भक्तध्वज बोहोरा अध्यक्षमा निर्वाचित भएका छन् ।
उनले एमालेका मेघनाथ पौडेललाई ९६२ मतले पराजित गरेका हुन् ।
बोहोराले ४ हजार २२९ मत ल्याएका छन् भने पौडेलले ३ हजार २६७ मत मात्रै पाए ।
त्रिपुरासुन्दरीमा माओवादी केन्द्रले भने १ हजार ८६२ मत ल्याएर तेस्रो भएको छ ।
उक्त गाउँपालिकामा उपाध्यक्ष पनि कांग्रेसले नै जितेको छ ।
कांग्रेसकी गीता कुमारी नेपाल उपाध्यक्षमा निर्वाचित भएकी हुन् । उनले एमालेकी सविता श्रेष्ठलाई २४० मतले पराजित गरेकी हुन् ।
नेपालले ४ हजार १५६ मत पाउँदा श्रेष्ठले ३ हजार ८९६ मत मात्रै पाएकी छिन् । माओवादी केन्द्रको उपाध्यक्ष उम्मेदवार मीना लामाले भने १ हजार २०३ मत मात्रै पाएकी छिन् ।