३० असार २०८३, मंगलबार
स्थानीय चुनाव

प्रचण्डको क्षेत्र चितवनको माडीमा एमालेको जीत

प्रचण्डको क्षेत्र चितवनको माडीमा एमालेको जीत

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निर्वाचन क्षेत्र रहेको चितवनको माडी नगरपालिकामा नेकपा एमालेले जीत हात पारेको छ ।

माडी नगरपालिकाको मेयरमा नेकपा एमालेकी ताराकुमारी काजी महतो निर्वाचित भएकी छन् । उनले ९ हजार ९०१ मत ल्याएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका ऋषिराम काफ्ले ७ हजार ७२९ मत ल्याए । 

त्यसै गरी उपप्रमुखमा नेपाली कांग्रेसका खेमप्रसाद महतो निर्वाचित भएका छन् । उनले ६ हजार ८३० मत ल्याएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनप्रसाद पौडेल ५ हजार १४० मत ल्याए ।

salt training

कमेन्ट गर्नुहोस्