२७ असार २०८३, शनिबार
स्थानीय चुनाव

तानसेन नगरपालिकाः प्रमुखमा कांग्रेसका श्रेष्ठ र उपप्रमुखमा माओवादीकी सिँजाली विजयी

१० वटा वडामा गठबन्धन, ४ वटामा एमाले विजयी
जेठ ३, २०७९
तानसेन नगरपालिकाः प्रमुखमा कांग्रेसका श्रेष्ठ र उपप्रमुखमा माओवादीकी सिँजाली विजयी

पाल्पाको तानसेन नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवारलाई पछि पार्दै नगर प्रमुख, उपप्रमुख र बहुमत वडा गठबन्धनले जितेको हो । 

नगर प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सन्तोषलाल श्रेष्ठ ११ हजार २७३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका धनेन्द्रराज घिमिरेले १० हजार ३९४ मत प्राप्त गरेका छन् । 

उपप्रमुखमा गठबन्धनबाट (नेकपा माओवादी केन्द्र)की प्रतिक्षा सिँजाली ११ हजार १५१ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेकी शशी श्रेष्ठले १० हजार ३७२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनले जानकारी दिएको छ ।

तानसेनमा २०७४ को निर्वाचनमा प्रमुख, उपप्रमुख दुवै पदमा एमाले फराकिलो मतान्तरले विजयी भएको थियो । 

यो पनि पढ्नुहोस्

१४ मध्ये १० वडामा गठबन्धन, ४ मा एमाले

१४ वडा रहेको तानसेनमा यसपटक १० वटा वडा गठबन्धनले जितेको छ ।

वडा नंं. १ मा गठबन्धनतर्फबाट कांग्रेसका सुनिलकुमार बस्याल, २ महेश्वरलाल श्रेष्ठ, ३ मा बाबुरत्न शाक्य, ४ मा हेमन्तराज शाक्य विजयी भए ।

वडा नं. ५ को अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका रामबहादुर रावल विजयी हुँदा ६ मा कांग्रेसका सागरमान मर्हजन, ७ मा प्रदीप खनाल विजयी भए ।

वडा नं. ८, ९ र १० मा नेकपा एमालेका उम्मेदवारहरू क्रमशः सोमनाथ अर्याल, राजेशकुमार अर्याल र हिमलाल पंगेनी वडाध्यक्षमा विजयी भए ।

वडा नं. ११ मा कांग्रेसका यादवसिंह कार्की, १२ मा कांग्रेसकै मेजरसिंह केसी, १३ मा माओवादी केन्द्रका टुकप्रसाद भट्टराई विजयी भए भने वडा नं. १४ मा नेकपा एमालेका शोभाखर भट्टराई वडाध्यक्षमा विजयी भएका छन् ।

तानसेन नेपालकै पुरानो नगरपालिकामध्येको एक हो ।

salt training

कमेन्ट गर्नुहोस्