
काठमाडौं महानगरको स्वतन्त्र मेयरको उम्मेदवार बालेन साहको मत करीब १२ हजार नजिक पुग्न लागेको छ ।
अपरान्ह साढे ५ बजेसम्मको गणनाअनुसार साहले ११ हजार ९६९ मत ल्याएका छन् ।
त्यसैगरी, एमाले उम्मेदवार केशव स्थापितले ६ हजार ५६१ मत पाएका छन् भने गठबन्धनकोतर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५ हजार ७६३ मत पाएकी छिन् ।
बालेनले शुरुदेखि नै निरन्तर अग्रता कायम गरेका छन् ।
काठमाडाैं महानगरमा खसेकाे मतमध्ये अहिलेसम्म ३१ हजार ४६७ मत गणना भएकाे छ ।