०७ साउन २०८३, बिहीबार

टोखामा ७२ भोटले पछि परिन रजनी, एमालेका प्रकाश अधिकारीको अग्रता

टोखामा ७२ भोटले पछि परिन रजनी, एमालेका प्रकाश अधिकारीको अग्रता

काठमाडौंको टोखा नगपालिकाको मेयरका लागि भइरहेको मतगणनामा नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारी अगाडि लागेका छन् ।

तीव्र प्रतिष्पर्धा भइरहेको मतगणनामा मंगलवार साँझ प्रकाशले ७२ भोटले लिड गरिरहेका छन् । यसअघि मात्र २ भोटको फरक थियो । 

एमालेका प्रकाश अधिकारीले ९ हजार ५ सय ९४ मत पाउँदा कांग्रेसकी रजनी थापाले ९ हजार ५ सय २२ प्राप्त गरेकी छिन् । मतगणना अन्तिम चरणमा पुगेको छ ।
 

कमेन्ट गर्नुहोस्