
मोरङको कटहरी गाउँपालिकामा नेपाली कांग्रेसका देवराज चौधरी विजयी भएका छन् ।
६ हजार ५६५ मत ल्याउँदै चौधरी गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुभाष कुमार सरदारले ५ हजार ६८२ मत मात्रै ल्याएका छन् ।
उपाध्यक्षमा भने एमालेकी सितादेवि राजवंशी विजयी बनेकी छिन् ।
उनले ५ हजार ८४६ मत ल्याएर विजयी हुँदा कांग्रेसकै मंजिता सरदारले भने ५ हजार ७०५ मत मात्रै प्राप्त गरिन् ।