
भरतपुर महानगरपालिकामा मेयर पदका उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।
२२ हजार ९५३ मत गन्दा दाहालले ७ हजार ९९५ मत ल्याएकी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ७ हजार ३२० मत ल्याएका छन् ।
दाहाल सुवेदीभन्दा ६७५ मतले अगाडि छिन् ।
यस्तै कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ३ हजार ७८६ मत ल्याएका छन् ।