२७ असार २०८३, शनिबार

भरतपुरमा विजयभन्दा रेनु १ हजार ११९ मतले अगाडि, कसको कति मत ?

भरतपुरमा विजयभन्दा रेनु १ हजार ११९ मतले अगाडि, कसको कति मत ?

भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा माओवादी केन्द्रकी मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।

बुधवार बिहान २५ हजार ३५८ मत गणना हुँदासम्म रेनुले ९ हजार ११ मत पाएकी छन् भने नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ७ हजार ८९२ मत पाएका छन् । विजयभन्दा रेनु १ हजार ११९ मतले अगाडि पुगेकी छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ११२ मत पाएका छन् । 

उपमेयर पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १० हजार ७७४ मतका साथ अग्रता लिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्