
बागलुङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका वसन्तकुमार श्रेष्ठ विजयी भएका छन् ।
सत्तारुढ ५ दलीय गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले १२ हजार ८०५ मत प्राप्त गरेका छन् ।
एमालेका ४ केन्द्रीय सदस्य रहेको बागलुङ नगरपालिकालाई एमालेको गढको रूपमा हेरिँदै आएको थियो । यसअघि एमालेको तर्फबाट जनकराज पौडेलले मेयर जितेका थिए ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान नगर प्रमुख जनकराज पौडेलले ६ हजार २८४ मत पाएका छन् । श्रेष्ठले पौडेललाई ५ हजार ५२१ मतको फराकिलो अन्तरले पराजित गरेका छन् ।
नगरपालिकाको उपमेयरमा गठबन्धनकै उम्मेदवार नेकपा माओवादी केन्द्रका राजु खड्का निर्वाचित भएका छन् । खड्काले १० हजार ९९८ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवार सञ्जय खड्काले ६ हजार ६४५ मत प्राप्त गरेका छन् ।