
झापाको कचनकवल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कालेन्द्र राजवंशी विजयी भएका छन् ।
सातैवटा वडाको मत गनिसक्दा उनी ११ हजार ५४७ मत पाएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका अन्जरा आलमले जम्मा ६ हजार ६६७ मत पाए ।
यस गाउँपालिकामा कांग्रेस र एमालेले राप्रपाविरुद्ध अध्यक्ष तथा उपाध्यक्ष पदका लागि गठबन्धन गरेका हुन् । आलम निवर्तमान गाउँपालिका अध्यक्ष हुन् ।
उपाध्यक्षमा उठेका एमाले उम्मेदवार नवराज भट्टराई ८ हजार १४३ मत ल्याएर निर्वाचित भएका छन् । उनकी निकटतम प्रतिद्वन्द्वी राप्रपाकी निमसरी राजवंशीले ६ हजार ८०२ मत ल्याइन् ।
राजेन्द्र लिङ्देनको चुनावी क्षेत्रमा पर्ने कचनकवल गाउँपालिकाका सबै वडामा राप्रपाको पत्तासाफ भएको छ । अघिल्लो निर्वाचनमा राप्रपाले तीनवटा वडा जितेको थियो ।
सातमध्ये ६ वटा वडा कांग्रेसले जितेको छ भने एउटा वडा एमालेको भागमा परेको छ । एमालेले वडा नम्बर २ मा विजय हासिल गरेको हो ।