०७ साउन २०८३, बिहीबार
भरतपुरकाे मतगणना

भरतपुरमा रेनुले ११ हजार मत पुर्‍याउँदा विजयसँग २ हजारको अन्तर

भरतपुरमा रेनुले ११ हजार मत पुर्‍याउँदा विजयसँग २ हजारको अन्तर

चितवनको भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार रेणु दाहालले ११ हजार मत कटाउँदा एमालेका विजयी सुवेदीसँग दुई हजारको मतअन्तर कायम गरेकी छिन् । 

बुधबार अपरान्ह सवा ५ बजेसम्मको मतगणना अनुसार दाहालले ११ हजार ९० मत ल्याएकी छिन् । 

उनका प्रतिस्पर्धि एमालेका सुवेदीले भने ९ हजार ९० मत पाएका छन् । 

पाँच दलीय गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले भने ४ हजार ९५८ मत ल्याएका छन् । 

गठबन्धनको तर्फबाट माओवादीले रेणु दाहाललाई मेयरको उम्मेदवार बनाएको थियो । 

कमेन्ट गर्नुहोस्