२० असार २०८३, शनिबार
स्थानीय चुनाव

पोखरा महानगरको मेयरमा अग्रता बढाउँदै आचार्य, उपमेयरमा गुरुङ अगाडि

पोखरा महानगरको मेयरमा अग्रता बढाउँदै आचार्य,  उपमेयरमा गुरुङ अगाडि

पोखरा महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका छन् ।

पोखरामा ४४ हजार ६ सय १६ मत गणना हुँदासम्म आचार्यले नेकपा एमालेका कृष्ण थापालाई २ हजार ३३ मतले पछि पारेका छन् ।

आचार्यले १८ हजार ४ सय ६२ मत प्राप्त गरेका छन् भने एमालेका थापाले १६ हजार ४ सय २९ मत ल्याएका छन् । राप्रपाका शंकर खरालले १ हजार ८ सय ३० र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले ९ सय ७५ मत प्राप्त गरेका छन् ।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ १८ हजार ७ सय ३१ मत ल्याएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी  नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले  १८ हजार ६ सय ४९ मत प्राप्त गरेकी छन् ।

राप्रपाकी रञ्जना सेनले १ हजार ६ सय २१ मत प्राप्त गरेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्