×

NMB BANK
NIC ASIA

युक्रेन युद्धको भूराजनीतिक परिणाम

युक्रेन युद्ध चलिरहँदा तटस्थता त्यागेर नेटोमा जोडिन किन हतारिए फिनल्यान्ड र स्विडन ?

जेठ ५, २०७९

NTC
Sarbottam
Photo : REUTERS
Premier Steels
Marvel

उत्तरी युरोपका दुई मुलुक फिनल्यान्ड र स्विडनले पश्चिमी सैन्य गठबन्धन नेटोमा जोडिनका लागि यसै साता औपचारिक निवेदन दिएका छन् । 

Muktinath Bank

ब्रसेल्सस्थित नेटोको केन्द्रीय कार्यालयमा उनीहरूले निवेदन दर्ता गराएपछि नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले त्यसलाई ऐतिहासिक कदम भनेका छन् । निवेदन दिएलगत्तै फिनल्यान्डका राष्ट्रपति साउली नीनिस्तो र स्विडनकी प्रधानमन्त्री म्याग्दालेना एन्डरसन अमेरिकाका राष्ट्रपति जो बाइडनलाई भेट्न बिहीवार अमेरिका गएका छन् । बाइडनले ती दुई मुलुकको निवेदनलाई न्यानो स्वागत तथा दह्रो समर्थन गरेको भनी बयान दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दशकौंदेखि पूर्ण तटस्थताको नीति अपनाएका स्विडन र फिनल्यान्डलाई अमेरिका नेतृत्वको सैन्य गठबन्धनमा जोडिनका लागि युक्रेन युद्धले प्रेरणा गरेको हो । नेटोको सदस्य नभएकाले युक्रेनमाथि रुसले आक्रमण गरी त्यसलाई तहसनहस बनाएको बुझाइ नर्डिक मुलुकहरूमा छ । त्यसैले रुसबाट सम्भावित आक्रमण रोक्नका लागि नेटोमा जोडिनु उपयुक्त हुने सोच उनीहरूले बनाएको देखिन्छ । 


Advertisment
Nabil box
Kumari

युक्रेनमाथि रुसको आक्रमणअघि यी दुवै मुलुकले नेटोमा जोडिने विषयमा गम्भीर छलफल गरेको पाइँदैन । तर अहिले ती देशका बहुसंख्यक जनताले यस विषयमा गम्भीरतापूर्वक चासो लिएका छन् । 

Vianet communication
Laxmi Bank

युद्ध शुरू हुनुअघि ३० प्रतिशत फिन्निशहरूले नेटोमा जोडिने कुराको समर्थन गरेका थिए भने युद्ध थालिएपछि समर्थकको संख्या ८० प्रतिशत पुगेको थियो । हुँदाहुँदा फिनल्यान्डको एक बीयर कम्पनीले नेटोमा जोडिन लागेको पूर्वसन्ध्यामा (नेटोलाई उल्टोबाट पढ्दा) ओटान नामक बीयर समेत बजारमा ल्याएको छ । 

दशकौंदेखि पूर्ण तटस्थताको नीति अपनाएका स्विडन र फिनल्यान्डलाई अमेरिका नेतृत्वको सैन्य गठबन्धनमा जोडिनका लागि युक्रेन युद्धले प्रेरणा गरेको हो ।

त्यसो त युक्रेनमाथि रुसले गरेको आक्रमणले मात्र फिनल्यान्ड र स्विडनलाई नेटोमा जोडिनका लागि प्रेरित गरेको हैन । विश्लेषक फ्रेड काप्लानका अनुसार, युरोपसँग सम्बन्ध विस्तारका लागि उनीहरूले लामो समयदेखि प्रयास गरिरहेका थिए भलै उनीहरू नेटो जस्तो सैन्य संगठनमा त्यति रुचि राख्दैनथिए । 

सन् १९९५ मा यी दुवै मुलुक अर्को तटस्थ मुलुक अस्ट्रियासँग मिलेर युरोपेली संघको सदस्य बनेका थिए । अनि अमेरिकाका तत्कालीन राष्ट्रपति बिल क्लिन्टनले सोभियत संघअन्तर्गत रहेका मुलुकहरूलाई पश्चिमसँग नजिक्याउनका लागि ल्याएको पार्टनरशिप फर पीस नामक कार्यक्रममा पनि उनीहरू जोडिएका थिए । 

त्यो कार्यक्रम सैन्य प्रकृतिको नभए पनि त्यसले स्विडन र फिनल्यान्डका सेनालाई स्तरोन्नतिका लागि सहायता गरेको थियो । नेटोका सदस्य मुलुकहरूले खरिद गर्ने गरेको हतियार उनीहरूले पनि पाउने गरेका थिए । 

विश्लेषकहरूका अनुसार, फिनल्यान्ड र स्विडनले नेटोको मापदण्ड र अभ्यास अनुकूलको काम लामो समयदेखि गर्दै आएका छन् । नेटोमा जोडिनका लागि चाहिने योग्यता उनीहरूले बनाउँदै लगेको बताइन्छ । 

कोसोभो र अफगानिस्तानमा आफ्ना सैनिक पठाएर नेटो सदस्यहरूलाई यी दुई देशले सहयोग पनि गरेका थिए । अनि सन् २०११ मा नेटोले लिबियामा चलाएको सैन्य कारवाहीमा स्विडनले गोप्य सूचना र निगरानी समेत उपलब्ध गराएको थियो । 

यति हुँदाहुँदै पनि यी दुई देशले नेटोमा जोडिनका लागि धेरै चासो दिएका थिएनन् । शीतयुद्धको अन्त्यपछि रुसले फिनल्यान्ड र स्विडनको परराष्ट्रनीतिमा खासै हस्तक्षेप नगरेकाले उनीहरूलाई पश्चिमको सुरक्षा छातामा गइरहनुपर्ने आवश्यकता अनुभव भएन । 

अनि युरोपेली संघमार्फत पश्चिमसँग सम्बन्ध बढाएको भए पनि उनीहरू पश्चिमको नीति अपनाउँदै रुसलाई चिढ्याउने पक्षमा थिएनन् । विशेषगरी फिनल्यान्डले त स्थलसीमा जोडिएको रुससँग कुनै पनि जोरी खोज्नु खतरनाक हुन्छ भन्ने कुरा बुझेको थियो । 

फिनल्यान्डलाई रुससँग सतर्क रहन इतिहासमा भएको घटनाले समेत प्रेरित गरेको हो । सन् १९३९ मा दोस्रो विश्वयुद्ध शुरू भएको तीन महिनामा तत्कालीन सोभियत संघले फिनल्यान्डमाथि आक्रमण गरेको थियो । 

फिनल्यान्ड सीमाबाट जम्मा २० माइल पर रहेको आफ्नो महत्त्वपूर्ण शहर लेनिनग्राद (अहिले सेन्ट पिटर्सबर्ग) लाई सुरक्षित बनाउन सोभियत संघले उक्त आक्रमण गरेको थियो । त्यसलाई विन्टर वार नामले चिनिन्छ ।

फिनल्यान्डले तीन महिनासम्म सोभियत संघको प्रतिकार गरेको भए पनि पछि दुई मुलुकले एक सन्धि गरे । त्यसमार्फत रुसले फिनल्यान्डको १० प्रतिशत भूमि पायो र तटस्थताको प्रत्याभूति पनि लियो । 

तर त्यसको १५ महिनापछि फिनल्यान्डले सोभियत संघमाथि आक्रमण गरेको थियो । गुमेको भूमि फिर्ता लिनका लागि उक्त आक्रमण गरिएको बताइन्छ । सन् १९४४ मा उक्त युद्ध अन्त्य गरियो र फिनल्यान्डले सोभियत संघलाई थप भूभाग सुम्पियो । 

यस्तो तिक्ततापूर्ण सम्बन्ध बनेको भए पनि लगभग ८० वर्षसम्म फिनल्यान्ड (र स्विडन)ले रुसको सुरक्षा चासोलाई सम्मान गर्दै नेटोमा जोडिन प्रयास गरेनन् । उनीहरू पश्चिमले बनाएका अन्य संस्थाको सदस्य बनिरहे । रुसले त्यसमा खासै आपत्ति जनाएन । रुस र पश्चिम दुवैसँग सन्तुलित सम्बन्ध कायम रहेमा आफूहरूको सुरक्षा बलियो रहिरहने सोच उनीहरूमा थियो । 

तर युक्रेनमाथि रुसको आक्रमणले फिनल्यान्ड र स्विडनलाई नराम्ररी झस्काइदिएको छ । रुससँग सीमा जोडिएको युक्रेन रुसी कोपभाजनको शिकार हुनुपरे जस्तो स्थिति आफूलाई आइनलागोस् भनी फिनल्यान्ड र स्विडनले नेटोमा जोडिन चाहेको देखिन्छ । 

स्विडन र रुसबीच स्थलसीमा छैन तर बाल्टिक सागररूपी जलसीमामार्फत उनीहरू जोडिन्छन् । फिनल्यान्ड र रुसबीच चाहिँ १३ सय ४० किलोमिटर लामो स्थलसीमा छ ।

नेटोको धारा ५ ले कुनै एक मुलुकमाथिको आक्रमण सबै सदस्य मुलुकमाथिको आक्रमण मान्ने भनी व्यवस्था गरेकाले नेटोमा जोडिँदा रुसी आक्रमणको सम्भाव्यतालाई घटाउने सोच यी दुई नर्डिक मुलुकहरूमा देखिएको छ । 

यी दुई देशले आफ्नो सुरक्षाका लागि नेटोमा जोडिन चाहेको भए पनि पश्चिमले आफ्नो स्वार्थपूर्तिका लागि उनीहरूको उपयोग गर्न खोजेको देखिन्छ । 

विशेषगरी फिनल्यान्डलाई आफ्नो भूरणनीतिक स्वार्थको माध्यम बनाउने पश्चिमको प्रयास हो । फिनल्यान्डबाट उत्तरतर्फ रहेका मुर्मान्स्क र सेभेरो–मोर्स्क नामक रुसी क्षेत्रको सैन्य अड्डामा निगरानी गर्न नेटोलाई फिनल्यान्डको भूमि महत्त्वपूर्ण ठहर्छ । 

त्यसबाहेक (अहिले युक्रेनमा भइरहेको जस्तो प्रोक्सी युद्ध नभई) नेटो र रुसको प्रत्यक्ष युद्ध भएको खण्डमा रुसको श्वेत सागर (ह्वाइट सी) मा प्रवेश गर्नका लागि पनि फिनल्यान्डको भूमि भएर जाँदा नेटोलाई सहज हुनेछ । यस महत्त्वपूर्ण भूरणनीतिक लाभलाई विचार गरेर नै पश्चिमले फिनल्यान्डलाई नेटोमा जोडिन प्रेरित गरिरहेको हो । 

स्विडन र फिनल्यान्ड नेटोमा जोडिनेबित्तिकै बाल्टिक सागर पनि पूर्णतया नेटो सदस्यले घेरिनेछ । त्यस्तो स्थितिमा बाल्टिक मुलुकहरू इस्टोनिया, लाट्भिया र लिथुएनिया पनि रुसी आक्रमणको सम्भावनाबाट सुरक्षित हुने आकलन पश्चिमले गरेको छ ।

त्यसबाहेक फिनल्यान्ड र स्विडनलाई आफ्नो हतियार बेच्नका लागि पश्चिमले राम्रो बहाना पाउने भएको छ । नेटोको सदस्य बनेपछि फिनल्यान्डको भूमिमा आणविक हतियार राखेर पश्चिमले रुसलाई आणविक ब्ल्याकमेल गर्ने गर्ने सम्भावना बढ्नेछ । युक्रेनी भूमिमार्फत त्यसैगरी पश्चिमले ब्ल्याकमेल गर्न खोज्दा रुसले युक्रेनमाथि आक्रमण गरेको तथ्य यहाँ स्मरणीय छ । 

तर फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिनले इटालेली पत्रिका कोरिएर डेला सेरालाई बिहीवार दिएको अन्तर्वार्तामा फिनल्यान्डको भूमिमा आणविक हतियार वा सैन्य अड्डा राख्ने सोच नेटोमा नरहेको बताएकी छन् ।

फिनल्यान्डका २१ हजार ५०० र स्विडनका २४ हजार सैनिक संख्या निकै सानो हो । युद्धको समयमा भने उनीहरूले तीन लाख जति सैनिक खटाउन सक्ने विश्लेषकहरू बताउँछन् । भविष्यमा ती सैनिकहरूलाई तालिम दिने नाममा पश्चिमी सैन्य अधिकृतहरूले लाखौं डलरको चलखेल गर्ने अनि आफ्नो बढुवाका लागि बाटो खोल्ने देखिन्छ । 

अनि फिनल्यान्डको काठमा पनि पश्चिमको आँखा गढेको छ । भविष्यमा युरोपले पूर्ण रूपमा रुसको तेल र ग्यासमाथि प्रतिबन्ध लगाएमा जाडोमा पानी तताउन फिनल्यान्डको काठ उपयोगी हुन सक्ने सोच पश्चिमले बनाएको हुनुपर्छ ।

स्विडन र फिनल्यान्ड दुवै उत्तरी ध्रुवीय (आर्कटिक) मुलुक हुन् । आर्कटिकलाई रुसले सैन्यीकरण गरिरहेको र आफू पछि परेको भनी अमेरिकाले चिन्ता लिएको छ । फिनल्यान्ड र स्विडन नेटोमा जोडिएपछि रुस मात्र आर्कटिक क्षेत्रको गैरनेटो मुलुक रहनेछ । त्यस्तो अवस्थामा रुसलाई सैन्यीकरण तथा खनिज उत्खनन गर्न रोकेर कमजोर बनाउन सकिने सोच अमेरिकाले बनाएको देखिन्छ ।

अनि स्विडन र फिनल्यान्ड दुवै उत्तरी ध्रुवीय (आर्कटिक) मुलुक हुन् । आर्कटिकलाई रुसले सैन्यीकरण गरिरहेको र आफू पछि परेको भनी अमेरिकाले चिन्ता लिएको छ । फिनल्यान्ड र स्विडन नेटोमा जोडिएपछि रुस मात्र आर्कटिक क्षेत्रको गैरनेटो मुलुक रहनेछ । त्यस्तो अवस्थामा रुसलाई सैन्यीकरण तथा खनिज उत्खनन गर्न रोकेर कमजोर बनाउन सकिने सोच अमेरिकाले बनाएको देखिन्छ ।

स्विडन र फिनल्यान्ड नेटोमा जोडिने विषयलाई आफूहरूले ध्यानपूर्वक नियालिरहेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभले बताएका छन् । ती दुई मुलुक नेटोमा जोडिएर युरोपको सुरक्षा संरचना बलियो नहुने उनको भनाइ छ । 

त्यस्तै रुसका परराष्ट्र राज्यमन्त्री सर्गे र्‍याबकोभले नेटोको विस्तार हुँदा रुस चुप लागेर नबस्ने बताएका छन् । यसले सैन्य तनाव बढाउने पनि उनको भनाइ छ । रुसले अब के कदम चाल्छ त भन्नेमा पनि धेरैको चासो छ । 

रुसले फिनल्यान्ड सीमा नजिक भाइबोर्ग शहरमा आणविक क्षमतायुक्त क्षेप्यास्त्र तैनाथ गर्न खोजेको समाचार प्रकाशित भएको छ । फिनल्यान्डलाई तर्साउनका लागि रुसले त्यो तैनाथी गरेको हो । 

त्यसबाहेक रुसले फिनल्यान्ड र स्विडनविरुद्ध साइबर आक्रमण गराउन सक्ने सम्भावना पनि कतिपयले औंल्याएका छन् । तर यी दुई मुलुकविरुद्ध रुसले सैन्य कारवाही नै थाल्ला भनी अनुमान गर्न सकिँदैन किनकि एकैपटक कैयौं मोर्चामा रुसले लड्ने सोच शायद बनाएको छैन । तर माथि पनि उल्लेख भएबमोजिम, पश्चिमले आणविक ब्ल्याकमेल गर्न खोजेमा रुसले फिनल्यान्डविरुद्ध सैन्य कारवाही चलाउन सक्छ ।

त्यसो त स्विडन र फिनल्यान्डलाई नेटोमा जोडिन नदिनका लागि टर्कीले प्रयास गरिरहेको छ । स्विडनमा रहेका कुर्दिश समूहहरूलाई टर्कीले आतंकवादी भन्ने गरेको छ र तिनलाई आश्रय दिएको भन्दै आलोचना गर्ने गरेको छ । 

दुई नर्डिक मुलुकलाई नेटोको सदस्य बनाउनका लागि टर्कीले विभिन्न शर्त तेर्स्याएको छ । ती शर्तहरूलाई पश्चिमले मान्न सक्ने आकलन विश्लेषकहरूले गरेका छन् । एक वर्षभित्रमा फिनल्यान्ड र स्विडन दुवै नेटोको सदस्य बनिसक्ने सम्भावना छ ।

फिनल्यान्ड र स्विडन पनि नेटोमा जोडिएमा रुसको छिमेक झनै बढी अस्थिर हुने देखिन्छ । नेटोको विस्तार हुन नहुने भनी पुटिनले राखेको मागविपरीत नेटो झन् बढेर नयाँ सदस्य थप्ने क्रम जारी छ । यसले आणविक युद्धको सम्भावनालाई प्रबल बनाएको देखिन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x