०७ असार २०८३, आइतबार

कोल्हवी नगरपालिकामा कांग्रेस विजयी

कोल्हवी नगरपालिकामा कांग्रेस विजयी

बाराको कोल्हवी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । 

नगर प्रमुखमा रामप्रासद चौधरी र उपप्रमुखमा लक्ष्मीकुमारी चौधरी निर्वाचित भएका छन् ।

चौधरीले निकटतम प्रतिस्पर्धी एमालेका भरतबहादुर भण्डारीलाई ७०० बढी मतान्तरले हराएका हुन् । चौधरीले ९ हजार १०५ तथा भण्डारीले ८ हजार ३०७ मत ल्याएका छन् ।

उपप्रमुखमा एमालेकी सुनैना थरुनीलाई ६०० बढी मतले पराजित गर्दै कांग्रेसकी लक्ष्मीकुमारी चौधरीले जीत हासिल गरेकी छन् । लक्ष्मीले ९ हजार ८८ तथा सुनैनाले ८ हजार ४८३ मत प्राप्त गरेका छन् ।

विक्रम संवत् २०७४ सालमा कोल्हबी नगरको प्रमुखमा एमालेका भण्डारी र एमालेकै थरुनी निर्वाचित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्