
काठमाडौं महानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले २७ हजार ९६७ मत ल्याएका छन् ।
पछिल्लो अपडेटअनुसार साहले २८ हजार नजिक मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १४ हजार ७८२ मत ल्याएका छन् ।
स्थापितसँग साहको १३ हजार १८५ मत अगाडि रहेको छ ।
यस्तै सत्ता गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १४ हजार ४३९ मत पाएकी छन् ।