×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

मधेशमा कांग्रेसले आफ्नो विरासत जोगाउँदा माओवादी र लोसपालाई क्षति, फाइदामा एमाले !

जेठ ६, २०७९

NTC
Sarbottam
लक्ष्मीनिया गाउँपालिका धनुषामा निर्वाचित अध्यक्ष भोगेन्द्र मिश्रको विजय र्‍याली ।
Premier Steels
Marvel

मधेश प्रदेशको कुल १३६ स्थानीय तहमध्ये हालसम्म ८७ वटाको परिणाम सार्वजनिक भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

यो परिणाम सार्वजनिक हुँदै गर्दा नेपाली कांग्रेसले आफ्नो 'गोरहा खेत' (उर्वरभूमि) मान्ने गरेको मधेश प्रदेशमा पुरानो विरासत जोगाउन सफल भएको देखिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा एमालेलाई भने फाइदा भएको छ । एमालेले पहिलेभन्दा सुधार गर्दा जनता समाजवादी पार्टी (जसपा)ले पनि आफ्नो वर्चस्व सुधार्दै गएको देखिएको छ । 


Advertisment
Nabil box
Kumari

यता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई घाटा लाग्दा नेकपा (एकीकृत समाजवादी) पार्टी र जनमत पार्टीले भने बोनस पाएका छन् । 

Vianet communication
Laxmi Bank

अहिलेसम्मको सार्वजनिक मतपरिणामअनुसार कांग्रेसले २९, एमाले १९, जसपा १६, नेकपा माओवादी केन्द्र ७, लोसपा ७, नेकपा (एस) ४ र जनमत पार्टीले २ पालिका जित्न सफल भएका छन् । ३ पालिकामा अन्यले जितेका छन् ।

कांग्रेसले जोगायो विरासत

हालसम्म कांग्रेसले मधेश प्रदेशको सिरहाबाहेक ७ जिल्लामा गरी कुल २९ पालिकामा प्रमुख/अध्यक्ष जितेको छ । जसमध्ये सप्तरीमा ४, धनुषामा ५, महोत्तरीमा २, सर्लाहीमा १०, रौतहटमा २, बारामा २ र पर्सामा ४ पालिकामा प्रमुख/अध्यक्ष जितेको छ। 

कांग्रेसले सप्तरीको कञ्चनरुप नगरपालिका, तिरहुत गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र सप्तकोशी नगरपालिका जितेको छ । 

धनुषाको कमला नगरपालिका, धनौजी गाउँपालिका, नगराइन नगरपालिका,  बटेश्वर गाउँपालिका र लक्ष्मीनिया गाउँपालिका जितेको हो । 

महोत्तरीको मनरा शिसवा नगरपालिका र लोहरपट्टी नगरपालिका, रौतहटको चन्द्रपुर नगरपालिका र परोहा नगरपालिका, बाराको कोल्हवी नगरपालिका र सुवर्ण गाउँपालिकामा कांग्रेसले जित निकालेको हो । 

सर्लाहीको कोडैना गाउँपालिका, चन्द्रनगर, धनकौल, पर्सा,  ब्रम्हपुरी, विष्णु गाउँपालिका, मलंगवा नगरपालिका, लालबन्दी, हरिपुर र हरिपुरवा नगरपालिकामा कांग्रेस विजयी भएको छ । 

यस्तै पर्साको जगरनाथपुर गाउँपालिका, पकहा मैनपुर, पटेर्वा सुगौली, जिरा भवानी गाउँपालिकामा पनि जित हात पारेको छ । 

२०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले ४० सिट जितेको थियो । यसपटक त्यो संख्या बढाउने पक्का जस्तै छ । 

एमालेको सुधार, १९ पालिकामा जित 

नेकपा एमालेले मधेश प्रदेशमा अहिलेसम्म १९ पालिकामा प्रमुख/अध्यक्ष जितेको छ । २०७४ को स्थानीय निर्वाचनमा १८ सिट जितेको एमालेले केही पालिकाको अन्तिम मत परिणाम नआउFदै एक सिट बढीी जितिसकेको छ । 

एमालेले सर्लाहीमा प्रमुख वा अध्यक्ष पद भने जित्न सकेको छैन । सबैभन्दा बढी सिरहामा ६, पर्सामा ४, बारामा ३, सप्तरी र धनुषामा २/२, महोत्तरी र रौतहटमा १/१ पालिकामा प्रमुख/अध्यक्ष जितेको छ । 

कांग्रेसले सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका र राजगढ गाउँपालिकामा अध्यक्ष जितेको छ । त्यस्तै सिरहाको कर्जन्हा नगरपालिका, सिरहा, कल्याणपुर, धनगढीमाई, भगवानपुर गाउँपालिका र विष्णुपुर गाउँपालिकामा एमालेले जीत हासिल गरेको छ । 

धनुषाको औरही गाउँपालिका र विदेह नगरपालिका, महोत्तरीको रामगोपालपुर नगरपालिका, रौतहटको मौलापुर नगरपालिकामा एमाले विजयी भएको छ । 

बाराको निजगढ नगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, पर्साको छिपहरमाई गाउँपालिका, पर्सागढी नगरपालिका, पोखरिया नगरपालिका, ठोरी गाउँपालिकामा एमालेले जीत निकालेको हो । 

जसपालाई बोनस

जनता समाजवादी पार्टी (जसपा)ले मधेशको रौतहट जिल्लाबाहेक ७ जिल्लामा गरी कुल १९ पालिकामा प्रमुख/अध्यक्ष जितेको छ । जसमध्ये सप्तरी, सिरहा र सर्लाहीमा २/२, धनुषा, महोत्तरी र पर्सामा ३/३ र बारामा १ पालिकामा प्रमुख/अध्यक्ष जितेको हो । 

जसपाले सप्तरीको राजविराज नगरपालिका, विष्णुपुर गाउँपालिका, सिरहाको अर्नमा गाउँपालिका र नवराजपुर गाउँपालिका, धनुषाको जनकनन्दिनी गाउँपालिका, मुखियापट्टि मुसहर्निया गाउँपालिका, शहीदनगर नगरपालिका, महोत्तरीको एकडारा गाउँपालिका, पिपरा गाउँपालिका र सम्सी गाउँपालिकामा जीत निकालेको छ । 

सर्लाहीको चक्रघट्टा गाउँपालिका र बसबरिया गाउँपालिका, बाराको करैयामाई गाउँपालिका, पर्साको कालीकामाई गाउँपालिका , धोबिनी गाउँपालिका , बहादुरमाई नगरपालिका जसपाले जितेको छ । 

माओवादी केन्द्रलाई घाटा, ७ पालिकामा खुम्चियो 

नेकपा माओवादी केन्द्रले मधेश प्रदेशमा हालसम्म बाराको जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुखसहित कुल ७ वटा पालिकाको प्रमुख/अध्यक्ष जितेको छ । जसमध्ये सर्लाहीको बलरा नगरपालिका, रामनगर गाउँपालिका, बागमती नगरपालिका, हरिवन नगरपालिका रहेका छन् । 

रौतहटको एक मात्र दुर्गा भगवती गाउँपालिका, सप्तरीको खडक नगरपालिका र बाराको जितपुर सिमरा उपमहानगरपालिकामा १/१  प्रमुख जितेको छ। 

माओवादी केन्द्रले अघिल्लो चुनावमा २१ सिट जितेको थियो । 

लोसपा पनि ७ मा खुम्चियो 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेश प्रदेशको ७ पालिकामा लोकतान्त्रिक समाजवादी पार्टीले जित हात पारेको छ । 

लोसपाले मधेश प्रदेशको सप्तरीको महादेवा गाउँपालिका, महोत्तरीको औरही नगरपालिका, मटिहानी नगरपालिका, सर्लाहीको गोडैता नगरपालिका, रौतहटको इशनाथ नगरपालिका, बाराको विश्रामपुर गाउँपालिका, पर्साको विन्दवासिनी गाउँपालिकामा जित्न सफल भएको छ । 

नेकपा एस र जनमतलाई बोनस 

नेकपा एकीकृत समाजवादी पार्टीले मधेश प्रदेशमा ४ पालिकामा प्रमुख/अध्यक्ष जित्न सफल भएको छ। 

सप्तरीको शम्भुनाथ नगरपालिका, सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका, रौतहटको गौर नगरपालिका,राजदेवी नगरपालिका नेकपा (एस)ले जितेको छ । 

त्यस्तै जनमत पार्टीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र बलान-विहुल गाउँपालिकाको प्रमुख/अध्यक्ष जितेको छ ।

२०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले ४०, फोरमले २६, राजपाले २५, माओवादी केन्द्रले २१, एमालेले १८, नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाली जनता दलले २ र नयाँ शक्तिले १ स्थानीय तहमा जित निकालेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x