०७ असार २०८३, आइतबार

पर्साको सखुवाप्रसौनीमा एमालेका उम्मेदवार विजयी

पर्साको सखुवाप्रसौनीमा एमालेका उम्मेदवार विजयी

पर्साको सखुवाप्रसौनी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

गाउँपालिकाको अध्यक्षमा एमालेका जसवन्त यादव ६ हजार ६४१ मतसहित निर्वाचित भएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का प्रदीप जयसवालले  ४ हजार ८१० मत प्राप्त गरे । जयसवाल गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् ।

 यस्तै गाउँपालिका उपाध्यक्षमा जसपाकी शर्मिला विष्ट निर्वाचित भएकी छन् । 

विष्टले ४ हजार ४६८ मतसहित निर्वाचित हुँदा एमालेकी फूलमतिकुमारी थरुनीले ४ हजार २ सय ५६ मत पाएकी छन् । थरुनी निवर्तमान उपाध्यक्ष हुन् । 

कमेन्ट गर्नुहोस्