१३ असार २०८३, शनिबार

मिथिलाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

मिथिलाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

मिथिला नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट प्रमुख पदका उम्मेदवार महेन्द्र महतो ९१ मतान्तरले निर्वाचित भएका छन् ।

निर्वाचित महतोले सात हजार ३१ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का राजाराम महतोले छ हजार ९४० मत प्राप्त गरे । 

त्यसैगरी उपप्रमुखमा भने एमालेका उम्मेदवार सुनिता सिंह बुढाथोकी निर्वाचित भएकी छन् । उनले निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार निर्मला कोइरालालाई ६७९ मतान्तरले पराजित गरेकी हुन् ।

उपप्रमुखमा निर्वाचित भएका बुढाथोकीले सात हजार ४१४ मत प्राप्त गरेकी छन्  भने कांग्रेसका कोइरालाले छ हजार ७३५ मत पाएकी छन् ।

विसं २०७४ को चुनावमा मिथिला नगरपालिकामा प्रमुख र उपप्रमुखसहित बहुमत वडाध्यक्ष एमालेले जितेको थियो । एघार वडा रहेको सो नगरपालिकामा यसपटक पाँच वडामा एमाले, चारमा कांग्रेस र दुई वडामा एकीकृत समाजवादीले जितेको छ । 
 

कमेन्ट गर्नुहोस्