
मकवानपुरको बागमती गाउँपालिकाको अध्यक्षमा सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका सर्केश घलान विजयी भएका छन् ।
घलान ७ हजार ३८४ मत पाएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका खेम जर्गा मगरले १ हजार २१८ मतान्तरले पराजित भएका छन् । मगरले ६ हजार १६६ मत पाएका छन् ।
गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका फणिन्द्रकुमार तिमल्सिना निर्वाचित भएका छन् । उनले ७ हजार ९३५ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी धनमाया स्याङ्तानले ४ हजार ६६९ मत पाएकी छन् ।