१३ असार २०८३, शनिबार
स्थानीय तह निर्वाचन

भरतपुर महानगरमा रेनुको फराकिलो मतान्तर सहित अग्रता, कसको कति मत ?

भरतपुर महानगरमा रेनुको फराकिलो मतान्तर सहित अग्रता,  कसको कति मत ?

 भरतपुर महानगरपालिकाको जारी मतगणनामा मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर फराकिलो पार्दै अग्रता कायम राखेकी छन् ।

७० हजार ४७४ मत गन्दा दाहालले २७ हजार ४१२ मत ल्याएकी छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले २२ हजार २७९ मत ल्याएका छन् ।

दाहाल सुवेदीभन्दा ५ हजार १३३ मतले अगाडि छिन् । 

यस्तै अर्का उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ५५२ मत ल्याएका छन् । 

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २९ हजार ५२५ मत ल्याएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले १७ हजार ३२५ मत ल्याएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्