
दाङको तुलसीपुर उपमहानगरपालिकामा तीव्र प्रतिस्पर्धा भइरहेको छ ।
२८ हजार ६७ मत गनिसक्दा मेयर उम्मेदवार एमालेका टीकाराम खड्काले ११ हजार ६६५ मतसहित अग्रस्थानमा छन् । कांग्रेसका गेहेन्द्र गिरी ११ हजार ४०४ मतसहित उनलाई पछ्याइरहेका छन् ।
यस्तै उपप्रमुखमा एमालेकी स्यानी चौधरी १० हजार ९३३ मतसहित अग्रस्थानमा छिन् भने निकतटम प्रतिस्पर्धी नेकपा (एस)का जोगबहादुर राणाले ८७३२ मत ल्याएका छन् ।