१३ असार २०८३, शनिबार

महोत्तरीको गौशालामा चिकित्सक महतो निर्वाचित

महोत्तरीको गौशालामा चिकित्सक महतो निर्वाचित

महोत्तरीको गौशाला नगरपालिकामा जनता समाजवादी पार्टीका दीपेन्द्र महतो निर्वाचित भएका छन् ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरसमेत रहेका महतो ८ हजार ७९९ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका विष्णुबहादुर योन्जन ५ हजार ६२७ मत, नेपाली कांग्रेसका वसन्तकुमार गुरुङ, लोकतान्त्रिक समाजवादी पार्टीका देवनारायण महतो कोइरी र नेकपा एमालेका अजयकुमार कुशवाहाले १ हजार ५५८ मत ल्याएका छन् ।

त्यसै गरी उपप्रमुखमा पनि जसपाकी रेणु कुमारी ८ हजार ४४५ मत ल्याएर निर्वाचित भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी जनकदुलारी साह ५ हजार ४९०, नेपाली कांग्रेसकी सुशीला देवी ५ हजार ४७ मत, लोसपाकी लालकुमारी लामाले ३ हजार ९ मत र नेकपा एमालेकी राजकुमारी सेरेक्षेटले १ हजार ५७३ मत ल्याएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्