२५ असार २०८३, बिहीबार

तुलसीपुर उपमहानगरमा एमाले ४८७ मतले अगाडि

तुलसीपुर उपमहानगरमा एमाले ४८७ मतले अगाडि

दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेका उम्मेदवार टिकाराम खड्काले अग्रता कायम गरेका छन् ।

शनिबार साँझ ५ बजेसम्म ३१ हजार १५८ मत गनिसक्दा खड्काले १३ हजार ५४ मत पाएका छन् भने उनका प्रतिस्पर्धि कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १२ हजार ५६७ मत ल्याएर खड्कालाई पछ्याइरहेका छन् ।

एमालेका खड्का कांग्रेसका गिरीभन्दा ४८७ मतले अगाडि छन् ।

शुक्रबारसम्म तुलसीपुरमा गिरीले अग्रता कायम गरेका थिए । अहिले भने गिरी पछि परेका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्