०८ असार २०८३, सोमबार

काठमाडौं अपडेटः बालेनको मत ३६ हजार नजिक, केशव र सिर्जनाबीचको अन्तर जम्मा ५७

काठमाडौं अपडेटः बालेनको मत ३६ हजार नजिक, केशव र सिर्जनाबीचको अन्तर जम्मा ५७

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको मत ३६ हजार नजिक पुगेको  छ । 

पछिल्लो मतपरिणामअनुसार बालेनले ३५ हजार ७५१ मत ल्याएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १९ हजार ५१५ मत ल्याएका छन् ।

केशवसँग बालेनको १६ हजार २३६ मतान्तर छ । 

यस्तै सत्ता गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १९ हजार ४५८ मत पाएकी छन् । 

केशव र सिर्जनाबीच जम्मा ५७ मतको फरक छ । 
 

salt training

कमेन्ट गर्नुहोस्