
झापाको अर्जुनधारा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।
सत्तारुढ गठबन्धनलाई पराजित गर्दै प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार विजयी भएका हुन् ।
प्रमुखमा एमालेका बलदेवसिंह गोम्देन तामाङ र उपप्रमुखमा एमालेकै खड्गमाया पराजुली निर्वाचित भएका छन् ।
तामाङले निकटतम प्रतिस्पर्धी गठबन्धबाट नेपाली कांग्रेसकी उम्मेदवार रञ्जिता कार्कीलाई ५ हजार ४२६ मतान्तरले पराजित गरेका छन् ।
प्रमुखमा निर्वाचित तामाङले १९ हजार १६९ मत पाउँदा पराजित कार्कीले १३ हजार ७४३ मत पाएकी छन् ।
उपप्रमुखमा पराजुलीले गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार नितेश योञ्जनलाई ४ हजार ६७२ मतान्तरले पराजित गरिन् । निर्वाचित पराजुलीले १३ हजार ७४३ मत पाउँदा योञ्जनले ९ हजार ७१ मत पाएका छन् ।