२३ असार २०८३, मंगलबार

लौरोमा पनि विदेशकै भर, ९ महीनामा ७३ लाखको लौरो आयात

जेठ ८, २०७९
लौरोमा पनि विदेशकै भर, ९ महीनामा ७३ लाखको लौरो आयात

स्थानीय तहको निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा अचेल शहरमा लौरोको निकै चर्चा छ । 

परन्तु देश लौरोमा पनि परनिर्भर रहेको विषय थोरैलाई मात्र जानकारी छ । 

विगत दशकमा मुलुकमा लौरोको आयात ठूलो परिणाममा भएको पाइएको छ ।

नेपालमा आयात हुने लौरोहरू चीन र भारतबाट बढी मात्रामा आउने गरेका हुन् । 

आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा चीन, भारत, बेलायत, अस्ट्रेलिया र यूएईबाट ७३ लाख ११ हजार रुपैयाँ बराबरको लौरो आयात भएको छ । 

यो तथ्यांकले लौरो उत्पादन गर्ने उद्योगको सम्भावना रहेको स्पष्ट हुन्छ । 

यसका लागि आवश्यक नीतिगगत तथा प्रोत्साहनात्मक व्यवस्थजा हुन आवश्यक रहेको खबर आर्थिक अभियान दैनिकमा छ । 
 

salt training

कमेन्ट गर्नुहोस्