भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ८ हजार ५९ मतको अग्रता लिएकी छन् ।
९४ हजार २३२ मतगणना हुँदासम्म रेनुले ३७ हजार २७ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २८ हजार ९६८ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार २३३ मत पाएका छन् ।