
बाँकेको कोहलपुर नगरपालिकामा कांग्रेस विजयी भएको छ । प्रमुखमा कांग्रेसका पूर्ण आचार्य र उपप्रमुखमा संगीता सुवेदी विजयी भएका हुन् ।
आचार्यले १४ हजार १३४ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिस्पर्धी खीलप्रसाद भुसालले १२ हजार २०५ मत ल्याएका थिए ।
त्यस्तै उपप्रमुखमा सुवेदीले १४ हजार ७३ मत प्राप्त गरी विजयी भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी अस्मिताकुमारी थारुले १३ हजार ५१७ मत ल्याएकी थिइन् ।