×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

रूपन्देहीमा कांग्रेसको 'स्ट्रङ कमब्याक', आफ्नै लालकिल्लामा किन पछि पर्‍यो एमाले ?

जेठ ८, २०७९

NTC
Premier Steels

रुपन्देहीका १६ मध्ये १४ स्थानीय तहको निर्वाचन मत परिणाम आएको छ । 

Muktinath Bank

जिल्लामा १ उपमहानगर, ५ नगरपालिका र १० गाउँपालिका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नतिजा आएका १३ पालिकामध्ये नेपाली कांग्रेस ९ पालिकामा विजयी हुँदै पहिलो दल बनेको छ ।  


Advertisment
Nabil box
Kumari

नेकपा (एमाले) ले ३ पालिका जितेर दोस्रो दलमा खुम्चिएको छ । जनता समाजवादी पार्टी नेपाल (जसपा) र जनता प्रगतिशील पार्टीले एक/एक पालिका जितेका छन् । 

Vianet communication

अघिल्लो चुनावमा तेस्रो शक्तिमा रहेको कांग्रेस पहिलो बन्दा दोस्रो रहेको जसपा चौथो दलमा पुगेको हो ।  

अघिल्लो निर्वाचनमा एमालेले ८ पालिका जितेको थियो । कांग्रेसले दुई पालिका मात्र जितेको थियो । 

रुपन्देहीमा २०७४ को स्थानीय तह चुनावमा एमाले र जसपापछि कांग्रेस तेस्रो दलमा खुम्चिएको थियो । 

तिलोत्तमा र कोटहीमाई गाउँपालिकाको नतिजा आउन बाँकी छ । नतिजा आउन बाँकी पालिकामा पनि कांग्रेसको अग्रता छ । 

बुटवलको मेयरमा कांग्रेस, उपमेयरमा एमाले 

बुटवल उपमहानगरको प्रमुखमा नेपाली कांग्रेसका खेलराज पाण्डे विजयी भएका छन् । पाण्डे ७ हजार ५ सय बढी मतान्तरले विजयी भएका हुन् ।

पाण्डेले ३० हजार १३० मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का बाबुराम भट्टराईले २२ हजार ५९७ मत पाएका छन् । 

त्यस्तै उपप्रमुखमा भने एमालेकी सावित्रा अर्याल विजयी भएकी छन् । एमालेकी अर्यालले २४ हजार ९०४ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का चिनबहादुर गुरुङले १६ हजार ९८० मत पाएका छन् । 

देवदह प्रमुख–उपप्रमुख दुवैमा एमाले 

देवदह नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । 

प्रमुखमा धुव्रप्रसाद खरेलले १२ हजार ९४३ मत प्राप्त गरी विजयी भएका हुन् । नेता खरेलले नेपाली कांग्रेस प्रमुखका उम्मेदवार हिराबहादुर खत्रीलाई एक हजार ६२० मतान्तरले पराजित गर्दै विजयी भए । 

खत्रीले ११ हजार ३२३ मत प्राप्त गरेका छन् । उनी २०७४ सालको निर्वाचनमा प्रमुखमा विजयी भएका थिए । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर निर्वाचनमा होमिएको थियो । 

यसै गरी देवदह नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी विद्यालक्ष्मी गुरुङ विजयी भएकी छन् । गुरुङले १३ हजार ७८४ मत प्राप्त गरी उपप्रमुखमा विजयी भएकी हुन् । 

गुरुङले नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीलाई ६ हजार ४९४ मतान्तरले पराजित गरेकी हुन् । गुरुङ २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उपप्रमुखमा निर्वाचित भएकी थिइन् । गिरीले ७ हजार २९० मत प्राप्त गरेकी छन् । 

सैनामैनाको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले 

सैनामैना नगरपालिकाको प्रमुखमा संयुक्त गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । 

नगर प्रमुखमा एमालेका चित्रबहादुर कार्कीलाई पराजित गर्दै संयुक्त गठबन्धनबाट कांग्रेसका फणेन्द्र शर्मा विजयी भएका हुन् । 

शर्माले १५ हजार ६८६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कार्कीले १५ हजार १०४ मत ल्याएका छन् । कार्की २०७४ को निर्वाचनमा प्रमुखमा निर्वाचित भएका थिए । 

उपप्रमुखमा भने नेकपा एमालेकी विना राना विजयी भएकी छन् । रानाले नेकपा माओवादी केन्द्रका मानबहादुर महतलाई पराजित गर्दै विजयी भएकी हुन् । 

रानाले १५ हजार ७६२ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी महतले १३ हजार ७२० मत ल्याएका छन् । 

सिद्धार्थनगरको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले

सिद्धार्थनगर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका इस्तियाक अहमद खान निर्वाचित भएका छन् । 

खानले ९ हजार १३४ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका सागरप्रताप राणाले ८ हजार १३७ मत प्राप्त गरेका छन् । 

त्यसै गरी उपप्रमुखमा एमालेकी उमा अधिकारीले जित हासिल गरेकी छन् । अधिकारीले ८ हजार ८१३ मत प्राप्त गरेकी छन् । 

अधिकारीको निकटतम प्रतिद्वन्द्वीमा राप्रपाकी विनिता गुप्ताले ६ हजार ५४४ मत प्राप्त गरेकी छन् । २०७४ सालमा भएको स्थानीय तह चुनावमा सिद्धार्थनगर नगरपालिकाको प्रमुख तथा उपप्रमुख एमालेले जितेको थियो ।

रोहिणीको अध्यक्ष जसपा, उपाध्यक्षमा राप्रपा  

रोहिणी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार विद्याप्रसाद यादव विजयी भएका छन् । यादवले ७ हजार ४९६ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ताहिर अलिले ६ हजार ४५८ मत प्राप्त गरेका छन् । 

त्यस्तै उपाध्यक्षमा राप्रपाकी उम्मेदवार शिवकान्ति चमार ६ हजार १५४ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी प्रतिद्वन्द्वी जसपाकी रीमा मिश्राले ५ हजार ९०२ मत प्राप्त गरेकी छन् ।

मर्चवारीमा अध्यक्ष/उपाध्यक्षमा जनता प्रगतिशील 

मर्चवारी गाउँपालिकाको अध्यक्षमा जनता प्रगतिशील पार्टीका उम्मेदवार गयाप्रसाद बरई निर्वाचित भएका छन् । 

नेपाली कांग्रेसका उम्मेदवार ज्ञानप्रकाश मिश्रालाई ११४० अन्तरले पराजित गर्दै बरई विजयी भएका हुन् । 

बरईले ४ हजार ३८५ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी मिश्राले ३ हजार २४५ मत प्राप्त गरे ।

मर्चवारी जनता प्रगतिशीलले जितेको रुपन्देहीको एक मात्र पालिका हो ।  गाउँपालिका उपाध्यक्षमा पनि जनता प्रगतिशील पार्टीकै उम्मेदवार आशा सिंह विजयी भएकी छन् । 

कांग्रेस उम्मेदवार सुमन यादवलाई ५५६ अन्तरले पराजित गर्दै उनी विजयी भएकी हुन् । सिंहले २ हजार ९६५ मत प्राप्त गरिन् भने उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसको उम्मेदवार यादवले २ हजार ४०९ मत प्राप्त गरिन् ।

ओमसतियाको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस  

ओमसतिया गाउँपालिका अध्यक्ष एमालेले जितेको छ । गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार मन्जितकुमार यादव निर्वाचित भएका छन् । उनले ४ हजार ८३१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी राप्रपाका तिलकसिंह कोइरालाले ३ हजार १३९ मत प्राप्त गरेका छन् ।  

त्यस्तै उपाध्यक्षमा भने नेपाली कांग्रेसकी उम्मेदवार सुनिता चौधरी निर्वाचित भएकी छन् । ४ हजार १३९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी राप्रपाकी चित्रलेखा थारुले ३ हजार ४५५ मत प्राप्त गरिन् ।  

मायादेवीको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा लोसपा  

मायादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ध्रुवनारायण चौधरी विजयी भएका छन् । उपाध्यक्षमा भने लोसपाकी नर्वदादेवी उपाध्याय विजयी भएकी छन् । 

पालिका अध्यक्ष पदमा चौधरी ५ हजार ३८६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का उम्मेदवार रामअधारे अहिरले ४ हजार ९८८ मत प्राप्त गरेका थिए । 

अध्यक्ष पदमा विजयी चौधरी २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

त्यसै गरी उपाध्यक्षमा लोसपाकी उम्मेदवार नर्वदादेवी उपाध्याय ४ हजार ९४२ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तारादेवी यादवले ४ हजार ८८९ मत प्राप्त गरेकी छन् । 

सियारीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस 

सियारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । 

अध्यक्षमा थानेश्वर घिमिरे १० हजार ४५ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान गाउँपालिका अध्यक्षसमेत रहेका नेकपा एमालेका उम्मेदवार अयोध्या थारुले ७ हजार २६८ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यस्तै उपाध्यक्षमा कांग्रेसकै तारा थारु ८ हजार ९९० मत ल्याई विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेका अमृता गुरुङले ७ हजार २६९ मत प्राप्त गरिन् । 

गैडहवाको अध्यक्ष/उपाध्यक्षमा एमाले 

गैडहवा गाउँपालिकामा एमालेका सुरेन्द्र पौडेल विजयी भएका छन् । पौडेलले ५ हजार ६३१ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार बसि उल्लाह मुसलमानले ४ हजार ३८८ मत प्राप्त गरे । 

त्यस्तै उपाध्यक्षमा एमालेकै उम्मेदवार माधुरी जैसवाल विजयी भएकी छन् । जैसवालले ४ हजार ७५७ मत प्राप्त गरिन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार मन्जु न्यौपानेले ४ हजार ६५१ मत प्राप्त गरिन् ।

सम्मरीमाई गाउँपालिकामा कांग्रेस 

सम्मरीमाई गाउँपालिकामा अध्यक्षमा कांग्रेसका उम्मेदवार विनोद श्रीवास्तव र उपाध्यक्ष कुमारी प्रियंका शाही सिंह विजयी भएका छन् । 

श्रीवास्तवले ४ हजार १३४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का जितेन्द्रनाथ शुक्ल (बब्लु) ले ३ हजार ५०२ मत प्राप्त गरेका छन् । 

त्यस्तै उपाध्यक्षमा निर्वाचित सिंहले ४ हजार ४ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की बिन्द्रावती गुप्ताले ३ हजार ३०४ मत प्राप्त गरिन् ।  

शुद्धोधनको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले 

शुद्धोधन गाउँपालिकामा नेपाली कांग्रेसका विष्णुप्रसाद बस्याल विजयी भएका छन् ।  बस्याल सात हजार ९८३ मत ल्याई विजयी भएका हुन् । 

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का किशुनचन्द्र चौधरीले ६ हजार २७० मत प्राप्त गरे । 

यस्तै उपाध्यक्षमा एमालेका शान्तादेवी ज्ञवाली ६ हजार ६८२ मत ल्याई विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपाध्यक्षका गठबन्धनतर्फ नेकपा (माओवादी केन्द्र) की शारदा भुसालले तीन हजार २५५ मत प्राप्त गरेकी छन् । 

कञ्चनको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी 

कञ्चन गाउँपालिकामा कांग्रेसका नवराज ढकाल निर्वाचित भएका छन् । उनले एमालेका दीनानाथ आचार्यलाई पराजित गरे । ढकालले ९ हजार ८५ मत र आचार्यले सात हजार ८४५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

उपाध्यक्षमा माओवादी केन्द्रकी मौसमी थापा मगर ९ हजार १९४ मत ल्याई विजयी भएकी छन् ।

लुम्बिनी सांस्कृतिकको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । 

प्रमुखमा नेपाली कांग्रेसका सजरुद्दिन खान ८ हजार २११ मत ल्यायी विजयी भएका छन् । उनका प्रतिस्पर्धी डा. सीके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार चन्द्रकेश गुप्ताले ५ हजार ५९६ मत ल्याएका छन् ।

त्यस्तै उपप्रमुखमा नेकपा एमालेकी कल्पना हरिजन विजयी भएकी छन् । उनले ६ हजार ९६९ मत पाएकी छन् । उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी शवनम जहाँशेख ४ हजार ९०९ मत ल्याएकी छन् ।

नेकपा एमालेले ५ वटा वडा जितेको छ । नेपाली कांग्रेसको ३ वडा, जनता समाजवादीका ३ वडा र लोकतान्त्रिक समाजवादी १ वडामा जित निकालेको छ । वडा नं. ७ मा भने जनमत पार्टी र जनता समाजवादी पार्टीका उम्मेदवारको मत बराबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x