
काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको मत साढे ४१ हजार पुगेको छ ।
एक लाख १८ हजार २५७ मत गन्दासम्म बालेनले ४१ हजार ५२२ मत ल्याएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले २४ हजार १८४ मत पाएकी छन् ।
त्यस्तै नेकपा एमालेका केशव स्थापितले २३ हजार २४६ मत ल्याएका छन् ।
सिर्जनासँग बालेनको १७ हजार ३३८ को मतान्तर छ ।