×

NMB BANK
NIC ASIA

सप्तरीका सम्पूर्ण स्थानीय तहको मतगणना सकियो

जेठ ८, २०७९

NTC
Premier Steels

सप्तरीको रुपनी गाउँपालिकाको नतिजा सार्वजनिक भएसँगै सप्तरीको सम्पूर्ण स्थानीय तहको मतगणना सम्पन्न भएको छ । रुपनी गाउँपालिकामा लोसपाका दिनेशकुमार यादव चार हजार २६९ मतका साथ अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निकटतम प्रतिद्वन्द्वी जसपाका हरेराम यादवले तीन हजार ९३५ मत ल्याएको निर्वाचन अधिकृत सप्तरी जिल्ला अदालतका स्रेस्तेदार कुमार मास्कले जानकारी दिए ।

Muktinath Bank

उपप्रमुखमा लोसपाकै पुष्पाकुमारी श्रेष्ठ ५६ मतको अन्तरले विजयी भएकी छन् । श्रेष्ठले तीन हजार ७१० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी जसपाकी बेचनीदेवी सरदारले तीन हजार ६५४ मत ल्याइन्। निकटतम प्रतिद्वन्द्वी रहेका हरेराम यादव र बेचनीदेवी सरदार गत निर्वाचनबाट अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए । कूल ६ वडा रहेको गाउँपालिकामा माओवादी केन्द्र र जसपाले दुई/दुई तथा कांग्रेस र लोसपाले एक/एक वडाध्यक्षमा विजयी हासिल गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

योसँगै सप्तरीको सबै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । कांग्रेस जिल्लाको सर्वाधिक पाँच स्थानीय तहमा निर्वाचित भएको छ । जसपा, एमाले र लोसपाले तीन/तीन स्थानीय तहमा जीत हासिल गरेको छ । जनमत पार्टीले दुई स्थानीय तह तथा माओवादी केन्द्र र नेकपा (एस)ले एक/एक स्थानीय तहमा विजयी हासिल गरेको छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०७९

जिल्लाका १५ पालिकामध्ये दुई पालिकाका प्रमुख पदमा महिला निर्वाचित भएका छन् । निर्वाचित हुनेमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलमति राजवंशी रहेका छन्। महतरा नेकपा (एमाले)ब...

जेठ ९, २०७९

तुलसीपुर उपमहानगरपालिकामा ४९ हजार ३३ मत गणना भएको छ । उपमहानगरको मेयर पदमा नेकपा एमालेका टिकाराम खड्काले २० हजार ८९४ मतसहित अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्...

जेठ १२, २०७९

स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् ।  सो आँकडाका आधारमा ४...

जेठ १०, २०७९

तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकक...

मंसिर ११, २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ...

जेठ १०, २०७९

दाङ तुल्सीपुर उपमहानगरपालिकामा मंगलबार बिहानसम्म ५९ हजार ५६३ मतगणना सम्पन्न भएको छ । प्राप्त मतपरिणामअनुसार एमालेबाट मेयर उम्मेदवार रहेका टिकाराम खड्काले २४ हजार ८९१ मत पाएका छन् । यस्तै गठबन्धनको साझा उम्मेदव...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x