०३ असार २०८३, बुधबार

व्यास नगरपालिकामा कांग्रेस विजयी

व्यास नगरपालिकामा कांग्रेस विजयी

तनहुँको व्यास नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।

आइतवार राति सार्वजनिक अन्तिम मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपाने १२ हजार ७८ मत पाएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८२६ मत पाएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दुवैको मतान्तर २५२ रहेको छ ।

उपप्रमुख पदमा कांग्रेसकै उम्मेदवार इन्दिरा दरै विजयी भएकी छन् । उनले १३ हजार ४९८ मत पाइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार वसुन्धरा घर्तीले १० हजार ४२ मत पाएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्