जेठ १३, २०७९
स्थानीय तहका जनप्रतिनिधि सहकारीको सञ्चालक हुन नपाउने भएका छन्। हालै सम्पन्न निर्वाचनमा सहकारी सञ्चालक उल्लेख्य मात्रामा निर्वाचित भएका छन्। अब उनीहरूले तत्काल राजीनामा दिनुपर्ने भएको छ। सहकारी विभागले बिहीबार एक...
स्थानीय तह निर्वाचनमा चुनावी तालमेलपछि आएको परिणामबाट सत्ता गठबन्धन आबद्ध दलहरू हौसिएका छन् । उनीहरू आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि तालमेलसहित अघि बढ्ने तयारीमा छन् ।
३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको आउँदै गरेको परिणामबाट सत्ता गठबन्धन आबद्ध पाँचै दल हौसिएका हुन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको गठबन्धनको बैठकमा स्थानीय तहमा भएको तालमेलबारे समीक्षा भएको थियो ।
कांग्रेस नेता रामचन्द्र पौडेलले स्थानीय तहमा भएको तालमेलबारे सत्ता गठबन्धनमा सन्तुष्टि रहेको र अब प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि तालमेल हुने जानकारी दिए ।
‘स्थानीय तहमा आएको परिणामले सत्ता गठबन्धनमा सन्तुष्टि छ, मुलुकलाई जोगाउन प्रतिगमन विरोधी तथा लोकतन्त्र पक्षधर दलहरू एक ठाउँमा उभिनुपर्छ भन्ने सन्देश यो निर्वाचनले दिएको छ, अब सत्ता गठबन्धन संसदीय निर्वाचनसम्म नै जान्छ, हाम्रा बीचमा चुनावी तालमेल जारी रहन्छ,’ कांग्रेस वरिष्ठ नेता पौडेलले राजधानीसँग भने ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले स्थानीय तह निर्वाचनमा सोचे जति नतिजा नआए पनि आगामी निर्वाचनमा पनि सत्ता गठबन्धन सँगसँगै अघि बढ्ने बताए ।
‘देशको अग्रगतिका लागि गठबन्धन अझै अघि जानुपर्छ, प्रतिगमन विरोधी शक्तिहरूलाई तह लगाउन पनि आगामी निर्वाचनमा गठबन्धनबीच तालमेल आवश्यक छ,’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने ।
माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले गठबन्धनको कोर्स प्रतिगमनविरुद्धको कोर्स रहेको र जनप्रतिनिधिमूलक संस्थालाई बचाउन तथा संविधानको रक्षा गर्न गठबन्धन अघि बढेको बताए ।
‘गठबन्धनको कोर्स प्रतिगमनविरुद्धको कोर्स हो, संघको निर्वाचनमा पुगेपछि त्यो कोर्स पूरा हुन्छ तर स्थानीय निर्वाचनमा गठबन्धनको जुन स्प्रिट थियो त्यो क्याच भएन,’ माओवादी केन्द्रका नेता पोखरेलले भने । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।
स्थानीय तहका जनप्रतिनिधि सहकारीको सञ्चालक हुन नपाउने भएका छन्। हालै सम्पन्न निर्वाचनमा सहकारी सञ्चालक उल्लेख्य मात्रामा निर्वाचित भएका छन्। अब उनीहरूले तत्काल राजीनामा दिनुपर्ने भएको छ। सहकारी विभागले बिहीबार एक...
‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् । सडक अभियानबाट एकाएक मेयर बन्न पुगेका हर्कले पदबहाली गरेलगत्तै पहिलो दिन बुधबार धरानी जनता...
नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमप्रति चर्काे आलोचना गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा सुरु भएको छलफलमा भाग लिने क्रममा बिहीबार ३ घ...
काठमाडौं ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा सत्तारूढ नेपाली कांग्रेसबाहेकका सबै दलले अपेक्षा गरेअनुसार मतपरिणाम नआएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । कांग्रेसले स्थानीय तहको ...
३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हुँदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् । स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय स...
निजीक्षेत्रले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न अनुमति दिनुपर्ने माग गर्दै आइरहेका बेला एक जना उच्च अधिकारीले नेपालीलाई विदेशमा लगानी गर्नमा लगाइएको प्रतिबन्ध अविलम्ब हटाउनुपर्नेमा जोड दिएका छन् । नेपा...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...