
ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन् ।
८६,५४० मतगणनामा उनले ३४ हजार ९३३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २० हजार २५० मत ल्याएका छन् ।
राप्रपाका अष्ट महर्जनले ३ हजार ३९३ मत ल्याएका छन् ।
यस्तै उपमेयर पदमा एमालेकी मन्जली शाक्यले १९ हजजार ९११ मत ल्याएर अग्रता कायम राखेकी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बाबुराम बज्राचार्यले १४ हजार ८९५ मत ल्याएका छन् ।
राप्रपाकी स्वर्णिमा शाक्यले ५ हजार ४९५ मत ल्याएका छन् ।
उम्मेदवार नभएको रुख चिन्हको उपमेयरमा ८ हजार ५४७ मत ल्याएका छन् ।