जेठ ९, २०८०
नेपाली कांग्रेसमा शरीर र स्वास्थ्यले साथ दिएसम्मै राजनीतिको उच्च पद हडप्ने पार्टी परम्परा पुरानै हो । यो अविछिन्न परम्पराविरुद्ध कुनै कालखण्डमा विद्रोह गर्ने कोही पात्र खडा भइदिए पार्टी रचनात्मक बन्छ भन्ने अपेक्षा धेरै...
वैशाख २५ गते पोखरामा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार बनेका धनराज आचार्यलाई एमालेको टाउकोबाट खसेको ‘रौं’को संज्ञा दिएका थिए ।
‘कांग्रेसले यस महानगरमा एमाले पार्टी टुक्र्याएर, अवसरवादी तत्त्वलाई पोखरा जिम्मा दिने रे, कठै ! पोखरा जिम्मा लगाउने कसलाई भन्दा एमालेको टाउकोबाट झरेको एउटा ‘रौं’लाई । एमालेबाट टुक्रिएको चोइटालाई महानगरको नेतृत्व ?’ ओलीले प्रश्न गरेका थिए ।
माधव नेपालविरुद्ध खनिएका ओलीले भनेका थिए, ‘१५ वर्ष नेतृत्वमा बसेर एमालेको रस चुसेर, एमालेको बुई चढेर २१ महिना प्रधानमन्त्री बनेको (माधव नेपाल)ले भनेको सुन्नुभयो होला, कांग्रेसले घमण्ड नगरोस् । ओलीले घमण्ड गर्दा समाप्त भए रे, उनीचाहिँ हलक्क बढे रे, वैशाख ३० को परिणाम आएपछि देशमा को सकिएछ, जनताले देखाइदिनेछन् ।’
१५ दिनअघि ओलीले सार्वजनिक मञ्चबाट ‘रौं’को संज्ञा दिएका नेकपा एसका धनराज आचार्यले १५ दिनपछि पोखराको मेयर जित्दैछन् । काठमाडौंपछिको ठूलो र महत्त्वपूर्ण मानिने पर्यटकीय नगरी पोखराको नेतृत्व तिनै ‘रौं’को काँधमा पुग्दैछ । औपचारिक घोषणा भई नसकेपनि उनको जीत लगभग सुनिश्चित भइसकेको छ ।
विगतमा झण्डै १४ हजार मतान्तरले जितेको महानगर एमालेले गुमाएको छ । वैशाख ३० को चुनावमा सबै महानगरहित ६० प्रतिशत जित्ने हाँक दिइरहेको एमाले महानगरमा शून्यमा खुम्चिएको छ । तर, भर्खरै खुलेको नेकपा एसले माओवादी, जसपासरह एउटा महानगर र एउटा उपमहानगरको नेतृत्व पाउने पक्का भएको छ ।
सचेत मतदाता रहेको पोखरामा गठबन्धनको जीतमा धनराजको व्यक्तिगत लोकप्रियता मुख्य कारण हो । रोटरी क्लब जस्ता सामाजिक संस्थामा काम गरेका आचार्य मतदातासँग नम्र भएर भोट मागेका थिए । तर, प्रदेश सभाबाट राजीनामा गरेर आएका कृष्ण थापामा दम्भ र अहं बढी देखिन्थ्यो । चुनावी रिपोर्टिङको सिलसिलामा पोखरामा दुवै उम्मेदवारसँग भेटेर कुरा गर्दा आचार्यले थापासँग प्रतिस्पर्धा कडा भएपनि आफूले जित्ने बताएका थिए ।
तर, कृष्ण थापाले गठबन्धन आफ्ना लागि बासमती चामलको च्युराजस्तो रहेको भन्दै कुनै चुनौती नठानेको बताएका थिए । नयाँ भिजनभन्दा पनि विगतमा एमालेले पाएको मतको मात थापामा झल्किन्थ्यो । कांग्रेसले तालमेलमा इमान्दारिता नदेखाउने एमालेको आन्तरिक मूल्यांकन थियो ।
काठमाडौं र धरानजस्ता शहरमा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेको अवस्थामा पोखरामा एसको जितमा धनराजको व्यक्तिगत लोकप्रियता महत्त्वपूर्ण फ्याक्टर थियो । एमालेलाई स्तब्ध तुल्याउँदै धनराजले पोखराको मेयर जितेर एमाले नेताहरूको घमण्ड मात्र तोडेनन्, भर्खरै पार्टीको स्वरूप लिँदै गरेको नेकपा एसको इज्जत जोगाए ।
हेटौंडामा मीनाको उदय
माधव नेपालको पार्टीका लागि अर्को सान्त्वना जीत हेटौंडा पनि हो । बागमती प्रदेशको राजधानी रहेको मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयरमा मीना गुरुङ विजयी भइन् ।
सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल गर्दा नेकपा एसले पोखरा महानगर र हेटौंडा उपमहानगरको मेयर पाएको थियो । एसले पाएका दुवै स्थानमा जीत हासिल गरेको छ । तालमेल भएका अन्य स्थानमा कतै कांग्रेस र कतै माओवादी उम्मेदवारले अपेक्षित मत पाएका छैनन्, तर एसका लागि तालमेल फापेको छ ।
बागमती प्रदेशको राजधानी शहर रहेको हेटौंडा एमालेको गढका रूपमा चिनिँदै आएको थियो । त्यसैमाथि चुनावमा कमल थापाले एमालेसँग तालमेल गरेका थिए । थापाको गृहनगर हेटौंडामा पूर्वपञ्चको पार्टीको राम्रै भोट पाउने एमालेको अपेक्षा थियो । एमाले र कमल थापालाई चक्मा खुवाउँदै हेटौंडामा राप्रपाले आश्चर्यजनक मत पायो । मतगणना चलिरहेको समयमा कुनैबेला अग्रता पनि लियो ।
विगतमा एमालेबाटै चुनाव लडेर उपमेयर बनेकी मीना लामा यसपटक मेयर चुनिइन् । कामको लोकप्रियताभन्दा पनि एमालेको गढ भत्काउने कांग्रेसी मनोविज्ञानको लाभ उनलाई भयो । उपमहानगरको नेतृत्वमा उनी एक्लो मेयर हुन् । ‘एमालेले जित्नुभन्दा गठबन्धनकै पार्टीले मेयर जितोस् भन्ने कांग्रेस कार्यकर्ताको मनोविज्ञान देखियो । त्यसमा महिला उम्मेदवार भएकाले पनि उनीप्रति मतदाताको सहानुभूति देखियो,’ नेपाली कांग्रेस बाग्मती प्रदेश समितिका एक नेताले लोकान्तरसँग भने ।
उपमहानगरमा बिउ जोगाएर मीनाले नेकपा एसको साख जोगाएकी छिन् । बधाई दिन माधव नेपाल आफैँ हेटौंडा पुगेका छन् ।
माधव नेपालको पार्टीको रणनीतिक विजय !
हुन त चुनावअघि पनि उचित सीट नदिएर आफूहरूको शक्ति अस्वीकार गरेको भन्दै माधव नेपाल–झलनाथ खनालहरूले गठबन्धनको बैठकमा असन्तुष्टि जनाएका थिए । आफूहरू विद्रोही शक्ति भएकाले धेरै सिट दिनुपर्ने उनीहरूको दाबी थियो । चुनावको प्रारम्भिक नतिजा आउँदै गर्दा तालमेलमा कांग्रेस इमान्दार नभएको आरोप नेताहरूले लगाए ।
लोकाचार पार्नु बेग्लै कुरा, तर गठन भएको ९ महिनामा माधव नेपालले पाएको सीट र जीत कम होइन ।
संख्यात्मक रूपमा जसपाको भन्दा कम सीट पाएपनि सन्देशको रूपमा धेरै जितेको छ । आफ्नै खुट्टामा उभिन सक्ने भइनसकेको एसका लागि महानगरको नेतृत्व पाउनु प्रतिष्ठाको विषय बनेको छ ।
गठबन्धनको सहारा किन नहोस्, झलनाथको गृहनगर सूर्योदयदेखि माधव नेपालको गृहनगर रौतहटको गौर नगरपालिकासम्ममा नेकपा एस विजयी भएको छ ।
काठमाडौं क्षेत्र नम्बर २ मा जोखिम बढ्दै जाँदा माधव नेपाललाई रौतहटमा चुनाव जित्न सहज हुने अहिलेको नतिजाले देखाइदिएको छ । चारवटा पालिका जितेर रौतहटमा एस कांग्रेसपछिको दोस्रो दल बनेको छ ।
नेकपा एस निकट अखिल क्रान्तिकारीका अध्यक्ष सुदेश पराजुली विद्रोह गरेर जन्मिएको पार्टीले पाएको सीट संख्या कम भएपनि चुनावले पार्टीको जग हालेको बताउँछन् ।
‘देशको ठूलो कम्युनिस्ट पार्टीमा भएको विद्रोहपछि नयाँ बनेको पार्टीले जुन ढंगले जित्नुपर्दथ्यो, त्यो भएन । गठबन्धन दलबीच पनि इमान्दारिता देखिएन,’ पराजुलीले लोकान्तरसँग भने, ‘यति हुँदाहुँदै पनि समग्रमा स्थानीय तहको नतिजाले पार्टीको जग हालेको छ । महानगर, उपमहानगरदेखि गाउँपालिकासम्म जहाँ जित्यौं, त्यहाँ हाम्रो पार्टीप्रति मतदाताले भरोसा देखाएका छन् ।’
पार्टी विभाजनको तुष बाँकी रहेकाले नेकपा एसका कार्यकर्ता आफू जित्नुभन्दा पनि एमाले हराउन लागिपरे । एमालेको पराजयलाई उनीहरू आफ्नो जीतको रूपमा उत्सव मनाउने मूडमा छन् ।
नेपाली कांग्रेसमा शरीर र स्वास्थ्यले साथ दिएसम्मै राजनीतिको उच्च पद हडप्ने पार्टी परम्परा पुरानै हो । यो अविछिन्न परम्पराविरुद्ध कुनै कालखण्डमा विद्रोह गर्ने कोही पात्र खडा भइदिए पार्टी रचनात्मक बन्छ भन्ने अपेक्षा धेरै...
युक्रेनको पूर्वी भागमा रहेको बाखमुत शहर लामो समयसम्म चलेको युद्धपछि रुसीहरूको नियन्त्रणमा पुगेको छ । गत शनिवार (२० मे) मा रुसको निजी सैन्य समूह वाग्नरका प्रमुख येभ्गेनी प्रिगोजिनले २२४ दिनको लडाइँपछि...
रुसको निजी सैन्य समूह वाग्नरले पूर्वी युक्रेनको बाखमुत (आर्त्योमोव्स्क) शहरमाथि पूर्ण नियन्त्रण कायम गरेको भए पनि पश्चिमाहरू युक्रेनको प्रत्याक्रमण कारवाही सफल हुने दाबी गरिरहेका छन् । त्यसो त विगत केही महि...
झण्डै एक महिनादेखि देशको ध्यान खिचिरहेको नक्कली शरणार्थी प्रकरणको पहिलो अध्यायस्वरूप ३० जनाविरुद्ध बुधवार जिल्ला अदालतमा मुद्दा दायर भएको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्...
रूपान्तरण र पुस्तान्तरणको बहस हुँदै आएको कांग्रेसमा आधा कार्यकाल पूरा नगर्दै सभापति शेरबहादुर देउवामाथि एकपछि अर्को प्रश्न उठ्न थालेका छन् । पुरानो ढर्राको नेतृत्वले बदलिँदो समयलाई सम्बोधन नगर्दा चुनौती थपिएको...
नक्कली शरणार्थी प्रकरणमा निकटस्थहरू नै मुछिएको आशंका उत्पन्न हुँदा अस्वाभाविक मौनता साँधेका कांग्रेस, एमाले र माओवादीका शीर्ष नेतालाई पशुपतिको जलहरी प्रकरणले अर्को विवादमा तानेको छ । नेपालीलाई नक्कली ...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...