२६ असार २०८३, शुक्रबार
स्थानीय चुनावको नतिजा

पोखरा महानगरपालिकाको मेयरमा नेकपा एसका धनराज आचार्य निर्वाचित

पोखरा महानगरपालिकाको मेयरमा नेकपा एसका धनराज आचार्य निर्वाचित

काठमाडौं पछि मुलुककै चर्चित महानगरपालिका पोखराको मेयर पदमा नेकपा एकीकृत समाजवादीले बाजी मारेको छ ।

महानगरको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य ६ हजार ४५ मतान्तरसहित निर्वाचित भएका हुन् । 

आचार्यले ५८ हजार ८९३ मत सहित निर्वाचित हुँदा प्रमुख प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर थापाले ५२ हजार ८४८ मतमात्रै पाए । 

उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङ ६० हजार ५४६ मतसहित निर्वाचित भइन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६६३ मत ल्याइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्