
कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सिन्धुलीले एक जना कर्मचारीको बढुवा सिफारिस गरेको छ ।
कोलेनिका सिन्धुलीले नेपाल प्रशासन, लेखा समूह, रा.प. अनं. द्वितीय श्रेणीको सह लेखापाल भरतराज भट्टराईलाई बढुवा सिफारिस गरेको हो ।
लोकसेवा आयोगको बढुवा सुचनामा बढुवा समितिको सचिवालय सिन्धुलीको मंगलवारको निर्णयअनुसार भट्टराईलाई बढुवाको लागि सिफारिस गर्ने निर्णय गरिएको कोलेनिका सिन्धुलीले जनाएको छ ।
जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा उनलाई बढुवा सिफारिस गरिएको कार्यालयले जनाएको छ ।