असार १३, २०७९
नीममा रहेका गुणहरूले अनेकौं रोगको उपचार काम गर्छन् । यसका औषधीय गुणका कारण आयुर्वेदमा यसको प्रयोग हजारौं वर्षदेखि हुँदै आइरहेको छ । नीमलाई संस्कृतमा अरिष्ट भनिन्छ जसको अर्थ लाग्छ श्रेष्ठ, पूर्ण र कहिल्यै खराब नह...
हुम्ला | जेठ ११, २०७९
स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले शपथ लिने र पदभार ग्रहण गर्नेक्रम जारी छ ।
हुम्लाका कतिपय जनप्रतिनिधिले पदभार ग्रहण गर्दा तलबभत्ता नलिने घोषणा गरेका छन् ।
तलब भत्ता सामाजिक काममा लगानी गर्ने अदनचुली गाउँपालिका–४ का वडाध्यक्ष मनर्षि पाण्डेले घोषणा गरेका छन् । गाउँपालिकाको पहिलो बैठकले गरीब, दुःखी, विपन्न, दलित, अपांगता, शहीद, बेपत्ता, घाइते र विस्थापित परिवारका २० विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न छात्रवृत्ति दिने निर्णय गरेको छ ।
सर्केगाड गाउँपालिकाका जनप्रतिनिधिले पनि शपथसँगै पदभार ग्रहण गर्दै पहिलो बैठकमा सुत्केरी प्रोत्साहन भत्तासँगै सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिने निर्णय गरेको छ । गाउँपालिकाभरका सुत्केरी महिलालाई एक पटकका लागि १ हजार रूपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरिएको नवनिर्वाचित अध्यक्ष ठानबहादुर रोकायाले बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुुर रावतका अनुसार यसअघि सरकारले सुत्केरीलाई प्रोत्साहन र यातायात खर्च दिँदै आएकोमा थप प्रोत्साहन अतिरिक्त गाउँपालिकाले थप्ने पहिलो बैठकले निर्णय गरेको बताए । ताँजकोट गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष लालकेश जैशीले पहिलो बैठकबाट मदना देव माध्यमिक विद्यालयमा सञ्चालित हिमाली आवासीय छात्रबासलाई थप फराकिलो बनाउने, शैक्षिक गुणस्तर कायम गरी शिक्षाको पहुँच भन्दा बाहिर रहेका विपन्न दलित समुदायका विद्यार्थीलाई आवासीय व्यवस्थापन गर्ने र वार्षिक २० विद्यार्थीलाई सरकारको मापदण्ड अनुसार बजेटको व्यवस्थापन गाउँपालिकाबाट गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताए । १ वर्षमा २० बालबालिकालाई छात्रवृत्तिको व्यवस्था गरिने भएको अध्यक्ष जैसीले बताए ।
सिमकोट गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष विजय भण्डारी ‘प्रतिरोध’ले पदभार ग्रहण गर्दै सुशासन, पारदर्शी र जवाफदेही कार्यक्रम सञ्चालन गर्ने पहिलो बैठकमा निर्णय गरेको २ नम्बर वडाका वडाध्यक्ष देवजङ बोहराले बताए ।
नीममा रहेका गुणहरूले अनेकौं रोगको उपचार काम गर्छन् । यसका औषधीय गुणका कारण आयुर्वेदमा यसको प्रयोग हजारौं वर्षदेखि हुँदै आइरहेको छ । नीमलाई संस्कृतमा अरिष्ट भनिन्छ जसको अर्थ लाग्छ श्रेष्ठ, पूर्ण र कहिल्यै खराब नह...
थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामी बाँकेमा बढ्दै गएको छ । थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा स्वास्थ्य कार्यालयमार्फत सिकलसेलसँगै थालसेमियाको ‘स्क्रिनिङ’ कार्य शुरू भएपछि दुवै...
थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके र बर्दियामा मात्रै करीब ४ हजार सिकलसेलका बिरामी छन् । बर्दियाको जनस्वास्थ्य अधिकृत कृष्ण...
काठमाडौं - शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर रातमा ड्युटी हुने मानिस त बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् । कोहीकोहीको चाहिँ दिउँसो...
काठमाडौँ महानगरपालिकाले सोमवारदेखि हैजा सम्बन्धी समस्या समाधान गर्न २४ सै घण्टा हटलाइन टेलिफोन सञ्चालन थालेको छ । यस अघि कोभिड रोकथाम तथा नियन्त्रणका लागि प्रयोग गरिएको ११८० नम्बरलाई राष्ट्रिय सभा गृहको कल ...
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले स्वास्थ्य बीमा बोर्डले बिमितको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...