१५ असार २०८३, सोमबार

थ्री फेज विद्युत सप्लाई लिनका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने, यस्तो छ तरिका

थ्री फेज विद्युत सप्लाई लिनका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने, यस्तो छ तरिका

नेपाल विद्युत प्राधिकरणले थ्री फेज विद्युत सप्लाई लिन चाहने ग्राहकका लागि अनलाइनमार्फत आवेदन दिने व्यवस्था मिलाएको छ । 

ग्राहकले थ्री फेज विद्युत सप्लाई लिन चाहने ग्राहकले अनलाइनमार्फत आवेदन दिएमा सहजै यो सेवा पाउन सकिने प्राधिकरणले बिहीवार जनाएको छ ।

यसका लागि प्राधिकरणको वेबसाइट https://www.nea.org.np/ मा रहेको ‘थ्री फेज अनलाइन आवेदन’ मोडुलमा क्लिक गरी आवश्यक विवरणहरू पेस गर्न सकिने प्राधिकरणले जनाएको छ । 

अनलाइन आवेदन फारम भर्न सहजताका लागि सो सम्बन्धी ‘युजर म्यानुअल’ सोही मोडुअल भित्र राखिएको छ । 

प्राधिकरणका अनुसार अनलाइन आवेदन गर्ने ग्राहकहरूले आवेदन कारबाही कुन अवस्थामा रहेको छ, पेस भएका कागजात पर्याप्त छन् छैनन् लगायत आवेदन स्वीकृति आदिको जानकारी समेत अनलाइनबाटै लिन सक्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्