
मदिरा कम्पनी नेचुरल स्पिरिट्सले नयाँ ब्राण्ड सेतो बाघको भोड्का बजारमा बिक्री शुरू गरेको छ ।
सारंगी ब्राण्डको ह्वीस्की बिक्री गरिरहेको कम्पनीले अब सेतो बाघ ब्रान्डको भोड्का बजारमा ल्याएको हो ।
नेपाली खाँटी स्वादको मदिराको रसास्वादन गर्न लालायित ग्राहकहरुलाई लक्षित गरेर कम्पनीले देशको सबै मुख्य पसलहरूमा सेतो बाघ ब्राण्ड भोड्काको बिक्री वितरण शुरू गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, बजारमा उपलब्ध भइरहेका अन्य भोड्काहरू भन्दा भिन्न तर उत्कृष्ट स्वादको यो भोड्का अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप तयार पारिएको छ ।
उक्त समारोहमा कम्पनीका फाउण्डर चेयरम्यान, सीईओ तथा नेपाल मदिरा उत्पादक संघका अध्यक्षको उपस्थिती थियो भने काठमाण्डौ, ललितपुर र भक्तपुरका ५०० होलसेलरको उपस्थिती रहेको थियो ।
कम्पनीका चेयरम्यान अशिम सिटौलाले देशमा भएका बाघहरुको संरक्षणमा समेत चासो राखी राम्रो सहयोग पुर्याउने प्रतिबद्धतासाथ नयाँ ब्राण्ड सार्वजनिक गरेको जानकारी दिए ।
यस भोड्कामा हिमालयको झरनाबाट बहेको चिसो स्वच्छ पानी र युरोपबाट आयातित प्रमुख कच्चा पदार्थहरुको मिश्रण रहेको छ, जसले गर्दा शुद्ध भोड्काको रसास्वादन गर्न चाहने जो कोहीलाई प्रत्येक चुस्कीमा पूर्ण संतुष्टि दिने कम्पनीको भनाइ छ ।
हरियो खुर्सानी, जुनिपर र एन्जेलिकाको बीजहरु हाम्रो कन्चन निर्मल भोड्कामा स्पष्ट देख्न सकिन्छ, जसले यसको समुहमा यसलाई आफ्नै किसिमको हस्तनिर्मित भोड्का बनाएको छ ।
सेतो बाघ सरस, एवं उत्तम तरिकाले बनाइएको छ, जसको पहिलो चुस्किदेखि अन्तिमसम्म पनि तपाईंलाई उतिकै सन्तुस्टी दिने कम्पनीले भनेको छ ।
सेतो बाघ १८० मिली, ३७५ मिली र ७५० मिलीमा उपलब्ध छ ।