२४ असार २०८३, बुधबार

प्रमोद खरेलको नयाँ गीतको भिडियो सार्वजनिक

कात्तिक २०, २०७४
प्रमोद खरेलको नयाँ गीतको भिडियो सार्वजनिक

काठमाडौं, ४ साउन — चर्चित गायक प्रमोद खरेलको नयाँ गीत ‘भुल्न खोजें गाढा भयौ’ को भिडियो सार्वजनिक भएको छ ।


मेरो अनलाइन टिभी युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोले दर्शक र श्रोताको साथ पाएको छ ।

उत्तम खजुमले यो गीत रचना गरेका हुन् ।

गीतकार खजुम र गायक खरेलको यो पहिलो सांगीतिक सहकार्य हो ।

गीतकार खजुम भन्छन्, ‘प्रमोद दाइको स्वरको म फ्यान नै हुँ । उहाँसँग पहिलेदेखि नै काम गर्ने इच्छा थियो । अहिले पूरा भएको छ, म खुशी छु ।’

उत्तमको ‘अदम्य’ एल्बमभित्र रहेको गीतको यस भिडियोमा पुष्पल खड्का, शिल्पा पोखरेल र विजयराज खत्रीको अभिनय छ ।

गीतमा डीआर अटुको संगीत छ भने एरेन्ज देवेन्द्र नेवाले गरेका हुन् ।

भिडियोलाई जीवन शाहीले निर्देशन गरेका हुन् । उत्सव दाहालले छायांकन गरेको भिडियो अर्जुन पोखरेलले सम्पादन गरेका हुन् ।

हेर्नुस् भिडियो :

salt training

कमेन्ट गर्नुहोस्