०२ साउन २०८३, शनिबार

मौद्रिक नीतिको तयारी शुरू, राष्ट्र बैंकले माग्यो सुझाव

मौद्रिक नीतिको तयारी शुरू, राष्ट्र बैंकले माग्यो सुझाव

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेसँगै नेपाल राष्ट्र  बैंकले मौद्रिक नीतिको तयारी शुरू गरेको छ ।

केन्द्रीय बैंकले मंगलवार एक सूचना जारी गर्दै मौद्रिक नीतिको तयारी  शुरू भएको जनाएको हो । 

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले एक सूचना जारी गर्दै मौद्रिक नीतिका लागि राय तथा सुझाव संकलन  शुरू गरिएको जनाएको छ ।

बैंकले राय सुझाव दिनका लागि बैंकको आर्थिक अनुसन्धान विभागको इमेल वा बैंकको कार्यालयमा सम्पर्क गर्न सकिने जनाएको छ । 

अर्थमन्त्रालयले सार्वजनिक गरेको बजेटलाई सहयोग गर्नेगरी राष्ट्र बैंकले मौद्रिक नीति बनाउँछ । '

salt training

कमेन्ट गर्नुहोस्