१२ साउन २०८३, मंगलबार

अपि पावरको लिलामी शेयर आजबाट बिक्री खुला, कहिलेसम्म दिने आवेदन ?

अपि पावरको लिलामी शेयर आजबाट बिक्री खुला, कहिलेसम्म दिने आवेदन ?

अपि पावरको आज (बुधवार) कार्यालय समयबाट सर्वसाधारण समूहको ४ लाख ४९ हजार ३२८ कित्ता शेयर लिलामी बिक्री खुला भएको छ । 

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । लिलामी भर्ने अन्तिम म्याद जेठ २६ गतेसम्म तोकिएको छ ।

यसअघि कम्पनीले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर  बिक्री खुला गरेको थियो ।

त्यस समयभित्र आवश्यकता अनुसार नबिकेपछि कम्पनीले बाँकी रहेको शेयर   लिलामीमा ल्याएको हो ।

यसमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल हात्तीसार मार्ग, कमलादी काठमाडौंबाट आवेदन दिन सकिनेछ । 

यसैगरी, मुक्तिनाथ विकास बैंकको भक्तपुर, ललितपुर, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, विरगञ्ज, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ ।

salt training

कमेन्ट गर्नुहोस्