२८ असार २०८३, आइतबार

रहेनन् बलिउडका प्रसिद्ध गायक केके, अचानक स्टेजमै ढलेका थिए

जेठ १८, २०७९
रहेनन् बलिउडका प्रसिद्ध गायक केके, अचानक स्टेजमै ढलेका थिए

बलिउडका चर्चित गायक केकेको आकस्मिक निधनले बलिउड जगतसहित करोडौं फ्यान शोकमा छन् । केकेको आकस्मिक मृत्यु अस्वाभाविक भएको आशंका गरिएको छ । तर, पोष्टमार्टमको रिपोर्ट भने आइसकेको छैन । पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको वास्तविक कारण खुल्ने छ ।

मंगलवार साँझ कोलकातामा एक लाइभ कन्सर्टको क्रममा उनले स्वास्थ्य बिग्रिएको भनेका थिए, जसको केही समयपछि उनी अचानक स्टेजमा लडे । उनलाई उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

समाचार एजेन्सी एएनआईका अनुसार गायक केकेको मृत्युबारे न्यू मार्केट प्रहरी चौकीमा अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरिएको छ । परिवारको सहमतिपछि सोधपुछ र पोस्टमार्टम हुनेछ । पोस्टमार्टमको व्यवस्था कोलकाताको एसएसकेएम अस्पतालमा भइरहेको छ । गायक केकेको शवको आज पोष्टमार्टम गरिने बताइएको छ ।

हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार डाक्टरले केकेको आज पोस्टमार्टम गर्ने बताइएको छ ताकि उनको मृत्युको वास्तविक कारण थाहा पाउन सकियोस् । तर, उनको मृत्यु कार्डियक अरेस्टका कारण भएको हुन सक्ने चिकित्सकहरूले बताएका छन् । 

यसैबीच अस्पतालका एक वरिष्ठ अधिकारीले केकेलाई राति १० बजेपछि अस्पताल ल्याइएको र त्यहाँ पुग्दा उनलाई मृत घोषणा गरिएको बताए । यसै क्रममा गायकको परिवार बुधवार कोलकाता पुगेका छन् ।

लाइभ कन्सर्टपछि होटेल पुग्दा उनलाई भारी महशुस भएको थियो, जसपछि उनी अचानक ढलेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

यद्यपि, धेरै रिपोर्टहरूले केकेले लाइभ कन्सर्टमा नै असहज महसुस गरेको उल्लेख छ । उनले बत्तीको झिलिमिलीबारेमा पनि गुनासो गरेका थिए । उनले कन्सर्टको बीचमा ब्रेक पनि लिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्