×

NMB BANK
NIC ASIA

विदेशमा श्रमिक पठाउने विषयमा देखिएका समस्या समाधानबारे दुई मन्त्रीबीच छलफल

जेठ १८, २०७९

NTC
Premier Steels

गृहमन्त्री बालकृष्ण खाण र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठबीच वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउने विषयमा देखिएका समस्या समाधानबारे छलफल भएको छ । 

Muktinath Bank

बुधबार गृह मन्त्रालयमा भएको छलफलमा गृहसचिव टेकनारायण पाण्डे, श्रम मन्त्रालयका सचिव एक नारायण अर्याल, गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेल, अध्यागमन विभागका महानिर्देशनक नारायणप्रसाद भट्टराई, वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेललगायत दुवै मन्त्रालयका उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छलफलमा श्रम स्वीकृतिजस्तै रिलेसन भीसा र भिजिट भिसामा विदेश जाँदा पनि पहिल्यै स्वीकृति लिनुपर्ने व्यवस्था गर्नेबारे छलफल भएको थियो । त्यसका लागि अध्यागमन विभागले रिलेसन भिसा र भिजिट भिसामा विदेश जानेहरूले स्वीकृति लिनका लागि ‘एप्स’ निर्माण गर्ने र सोको व्यवस्थापन छुट्टै शाखा मार्फत गर्ने विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

प्रस्तावित व्यवस्था कार्यान्वयन भएमा भिजिट भिसामा नक्कली कागजात बनाइ विदेश पुग्ने र काम नपाइ विचल्लीमा पर्ने समस्याको समाधन हुने बारेमा छलफल भएको थियो । घुम्न जानेले एप्समा भरेको विवरण र पेस गरेका कागजातको यथार्थता एकीन भएपछि अनुमति दिँदा सरकारसँग विदेशमा घुम्न जानेको अभिलेख हुने र विचल्लीमा परेर फर्किन पर्ने समस्या समाधान हुन सक्ने सहभागीहरूले बताएका थिए । 

Vianet communication

बैठकमा केही स्थानीय तहले कोरियाका स्थानीय तहसँग भगिनी सम्बन्ध गाँस्दै ‘सिजनल वर्कर’ पठाउने सहमति गरेको विषयमा पनि कुराकानी भएको थियो । 
नेपालको कानुनमा श्रम स्वीकृति दिने अधिकार संघ सरकारलाई मात्र दिइएकाले प्रदेश तथा स्थानीय सरकारले त्यसरी सिधै पठाउन नमिल्ने सहभागीहरूले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २१, २०८१

काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन् । थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन् ।  महानगरले गत वर्षको भदौ अन्तिममा श्रम बैंक सुरु गरेको थियो ।...

पुस १७, २०८०

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफ...

बैशाख १९, २०८१

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रमलाई नै जीवन मान्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत बुधबार शुभकामना व्यक्त गर्दै उनले श्रम नै जीवन, श्रम नै विश्वास, श्रम नै पू...

पुस १३, २०८०

 पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्...

बैशाख १९, २०८१

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारसँग सम्बन्धित ‘श्रमदान’ योजना घोषणा गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री डोलप्रसाद अर्...

कात्तिक २७, २०८०

ओखलढुंगा पलापुका तुलबहादुर माझी सोमवार दिउँसो हतार-हतारमा थिए । आफ्नी बहिनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी ओमान जाँदै थिए ।  तिहारको मध्य दिनमा देश छाड्नु पर्दा न दिदीबहिनी खुशी थि...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x