३२ असार २०८३, बिहीबार

कोरियन भाषाको परीक्षा आजदेखि शुरू हुँदै

कोरियन भाषाको परीक्षा आजदेखि शुरू हुँदै

कोरियन भाषा परीक्षा आजदेखि शुरू हुँदैछ । 

परीक्षा तीन दिन सञ्चालन हुने वैदेशिक रोजगार विभागले जनाएको छ।

वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा आजदेखि सञ्चालन गर्न लागेको हो । 

परीक्षा असार ३ सम्म सञ्चालन हुने छ ।

शाखाका अनुसार ललितपुरको भैँसेपाटीस्थित सिबिटी भवनमा ३ सिफ्टमा परीक्षा सञ्चालन हुने छ । 

पहिलो सिफ्ट बिहान १० बजेदेखि शुरू हुनेछ । त्यसैगरी दोस्रो सिफ्ट बिहान साढे ११ बजे र तेस्रो सिफ्ट दिउँसो २ बजेदेखि शुरू हुने ईपिएस शाखाले जनाएको छ । 

कृषि तथा पशुपालन क्षेत्रमा रोजगारीका लागि कोरिया जान ४३ हजार भन्दा बढी युवाले आवेदन दिएका छन् । 

भाषा परीक्षा पास गरेकामध्ये ९ हजार ५ सय १३ जनालाई यसै वर्ष कोरिया पठाउने सरकारको तयारी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्