![दीपेन्द्रको निर्देशनमा रानीको ‘धेरै प्रश्न’, भिडियोमा पुष्प र सलिना [भिडियो]](https://lktcdn2.prixacdn.net/media/285333409_388744479978232_5223242130496283951_n_zT4em8VFEQ.jpg)
गायिका रानी शाक्यले प्रेम वियोगको गीत सार्वजनिक गरेकी छिन् ।
उनको स्वरमा शुक्रबार ‘धेरै प्रश्न’ बोलको गीत सार्वजनिक भएको हो ।
गीतमा राजेश शाक्यको शब्द, कल्याण सिंहको संगीत, दिक्षित पौडेलको एरेन्ज छ ।
यो गीतले माया गरेको मान्छे जहाँ भएपनि उसको प्रतिक्षामा बाँच्नु निकै मिठो हुने भाव बोकेको छ । माया गरेको मान्छे जति टाढा भएपनि उसँग जोडिएका प्रश्नहरु नजिकै हुने मर्म गीतले बोल्छ ।
सफल चलचित्र निर्देशन दीपेन्द्र लामाले यस गीतको भिडियोलाई निर्देशन गरेका हुन् । उनले भिडियोलाई रहस्यमयी बनाएका छन् । भिडियोमा अभिनेता पुष्प खड्का, मोडल सलिना खत्रीको अभिनय छ ।
साथमा, कलाकार कृष्ण सिवाकोटीलाई पनि भिडियोमा देख्न सकिन्छ । पुष्प र सलिनाको रहस्यमा रहेको प्रेमको कथामा भिडियो बगेको छ ।
दीपेन्द्रकै कथा रहेको भिडियोमा निर्मला खत्रीको कोरियोग्राफी, बुद्ध थापाको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ ।