×

NMB BANK
NIC ASIA

फोन पे डिजिटल इकोनोमी कन्क्लेभ सम्पन्न

जेठ २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मुलुकको अर्थतन्त्रमा देखिएको बढ्दो डिजीटाइजेसनलाई दृष्टिगत गर्दै आयोजना गरिएको दोस्रो संस्करणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२  सम्पन्न भएको छ ।

Muktinath Bank

ब्राण्डवर्थ प्रालिकले आयोजना गरेको एक दिने कन्क्लेभ शुक्रबार काठमाडौंमा सम्पन्न भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कन्क्लेभलाई नेपाल सरकारका सुचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गदैै मन्त्री कार्कीले  डिजीटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको बताए ।


Advertisment
Nabil box
Kumari

उनले यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज गर्दै नीति निर्माणमा समेत समट्ने बताए । यसका साथै यस कार्यक्रमले डिजीटल नेपाल फेर्मवर्क कार्यक्रममा समेत सघाउन पुग्ने उनको भनाइ छ । 

Vianet communication
Laxmi Bank

यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भुक्तानी प्रणालीमा डिजीटाइजेशनको विकास उत्साहजनक देखिएकोे बताए  । बिशेषगरि कोरोना कालपछि नेपालले डिजीटल पेमेन्टमा फड्को मारेको बताए  । 

१/२ वर्षअघि यस्ता कार्यक्रमहरुमा नेपालको अर्थतन्त्र कहिले डिजीटलाइज हुन्छ भनेर प्रश्न आउथ्यो । तर, आज त्यस्तो प्रश्न आउने अवस्था नभएको उनले  बताए । यद्यपि, डिजीटाइजेशनमा गर्नुपर्ने कामहरु धरै रहेको बताउँदै उनले  त्यसको लागि राष्ट्र बैंक सकरात्मक रहेको बताए  । 

कन्क्लेभमा भिसाको दक्षिण एशिया र भारतका लागी ग्रुप कन्ट्री म्यानेजर सन्दिप घोषले कि–नोट स्पीच प्रस्तुत गरेका थिए । कार्यक्रममा उनले  नेपालले पछिल्ला दिनमा डिजिटल भुक्तानीमा ठुलो फड्को मारेको बताए ।

कन्क्लेभमा बिभिन्न ४ शतमा बिभिन्न बिषयमा प्यान डिसकशन पनि गरिएको थियो । 

जसमा पहिलो शत्रको ‘बदलियो समय, बदलियो अर्थतन्त्र‘’ बिषयक प्यानल डिसकसना नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढंगाना, सुचना सञ्चार तथा प्रविधि मन्त्रालयका सह सचिव उत्तर कुमार खत्री र  अर्थमन्त्रालयका सह सचिव महेश आचार्य वक्ताका रुपमा रहेका थिए ।

कार्यक्रमलाई समृद्धि फाउन्डेशनका दिपेन्द्र चौलागाईले मोड्रेसन गरेका थिए । छलफलमा उहाँहरुले डिजीटल अर्थतन्त्रको विकास गर्न पुर्वाधारको विकास गर्नुपर्ने बताए ।

पछिल्लो समय अर्थतन्त्र डिजीटलाइज भइरहेकोले त्यसलाई पुर्णता दिन डेटा सेन्टर लगायतका पुर्वाधारको विकास गर्नुपर्ने उनीहरुको भनाइ थियो । 

आवश्यक पुर्वाधारको विकास गर्न सके अर्थतन्त्रको डिजीटाइजेशनमा थप फड्को मानिने उनीहरुको भनाइ छ ।

यस्तै दोस्रो शत्रमा ‘सधैका लागि प्रभाव (क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट)’ विषयमा छलफल भएको थियो । 

विश्वबैंकका सिनियर डिजिटल स्पेसलिष्ट सिद्धार्थ राज मोडियटर रहनुभएको छलफलमा, इम्प्याक्ट हबकी निर्देशक बहार कुमार, उटोपियाकी प्रबन्ध निर्देशक डोरी न्गुयान फुसेमेसिनकी निर्देशक रुची पाण्डे वक्ता थिए । 

उक्त शत्रमा डिजिटल इकोनोमीमा महिलाहरुलाई अवसर पुर्याउने विषयमा छलफल भएको थियो । अहिलेको इको सिस्टम मेल डोमिनेट भएको बताउँदै त्यसलाई महिलामैत्री बनाउनुपर्ने उनीहरुको माग थियो । 

यस्तै  ‘नेपाल ः सानो बजार कि असिमित सम्भावना ? विषयमा छलफल भएको थियो । पत्रकार जनार्दन बरालले मोडिएटर गरेको कार्यक्रममा सफल पार्टनर्सका फाउण्डर आसुतोष तिवारी, नेपाल इनफ्रास्टक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत  रामकृष्ण खतिवडा, अर्थशास्त्री श्रीबाबा पोखरेल, गोल्डस्टारकी कार्यकारी निर्देशक विदुशी राना वक्ता थिए । 

कार्यक्रममा उनीहरुले अर्थतन्त्रको विकास गर्न नेपाली अर्थतन्त्रलाई उत्पादनशिल बनाउनुपर्ने बताए । साथै, बैदेशिक व्यापारमा पनि उत्तिकै जोड दिनुपर्ने उनीहरुको भनाइ थियो । 

यसैगरी चौथो सत्रमा हामीसँग नेपाली युनीकर्न पहिचान कहिले हुनेछ ?’ विषयमा छलफल भएको थियो । नविल बैंकका सिइओ अनिलकेशरी शाहले मोडिएटर गरेको उक्त शत्रमा अआइएमइ गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकाल, डोल्मा इम्प्याक्ट फण्डका प्रबन्ध निर्देशक विद्यावारिदी सिग्देल, अवसर इक्वीटीका अध्यक्ष लोकेश टोडी,एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडकी सिइओ उषा खतिवडा वक्ता थिइन् । नेपालमा युनिकोर्न खोजी गर्न निजी क्षेत्रबाट बिशेष प्रकृतिको पुँजी स्थापना हुनुपर्ने उनीहरुको भनाइ थियो । साथै, सरकारले पनि नीतिगत रुपमा प्रोत्साहन गर्नुपर्ने उनीहरुले बताएका थिए । 

कन्क्लेभमा एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले धन्यवाद ज्ञापन गर्दै डिजिटल नेपालले नेपालीको भविष्य पनि राम्रो बनाउने र अर्थतन्त्रमा पनि सहयोग पुग्ने बताए । साथै, व्यवसाय गर्ने व्यक्तिलाई हेर्ने दृष्टिकोण समेत परिवर्तन गर्नुपर्नेे उनको भनाइ छ । 

‘हामीले बिगत १८ बर्षदेखि डिजीटल ट्रान्सफरमेशन लगायतका व्यवसायमा काम गर्दै आएका छौं । यो बीचमा हामीले धेरै दुःख पायौं, उनले  भने, ‘तर अब आउने नयाँ उद्यमीहरुले हामीले जस्तो दुःख पाउनुहुदैन । सहज रुपमा व्यवसाय गर्ने बातावरण बनाउनुपर्छ ।’

कोभिड १९ पछि  नेपालीहरु  डिजीटल प्रविधीका अनेकौ आयाममा अभ्यस्त हुन थालेसँगै अर्थतन्त्र नै डिजिटाइजेशन तर्फ फड्को मारिरहेकोे कुरालाई मध्यनजर गर्दै कन्क्लेभको आयोजजना गरिएको थियो । सत्रहरुमा नेपाली डिजीटल अर्थतन्त्रका प्रमुख सरोकारवालाहरू,  नियमनकारी निकाय, तथा निजी क्षेत्रका प्रतिनिधीहरूको ब्यापक सहभागिता रहेको थियो । यस कार्यक्रमको मुख्य प्रायोजक फोनपे रहेको थियो भने कर्पोरेट प्रायोजकका रुपमा भिसा रहेको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...

असोज ३०, २०८०

चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन लिमिटेड (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर–बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका...

कात्तिक १४, २०८०

ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले साझेदारीले नयाँ मूल्यको लागि मार्ग प्रशस्त गर्ने बताएका छन् । आफ्नो मन्तव्यका क्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउँदै भरपर्दो, स्...

फागुन ६, २०८०

काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ ।​ आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनी...

असोज २७, २०८०

नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ ।  नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा नेपाल अफर उपलब्ध गराउने टेलिकमले जनाएको छ । यस अन्तर्गत कम्पनीका ग्राहक...

कात्तिक ९, २०८०

ओटीटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा ‘डिजिटल प्लेटफर्म’ रोजे ।  अन्तर्राष्ट्रियरूपम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x