०५ साउन २०८३, मंगलबार

नेशनल लाइफ इन्स्योरेन्सले गर्‍यो एमडीआरटीका विजेता अभिकर्ताहरूलाई सम्मान

नेशनल लाइफ इन्स्योरेन्सले गर्‍यो एमडीआरटीका विजेता अभिकर्ताहरूलाई सम्मान

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मिलिअन डलर राउन्ड टेबल (एमडीआरटी)का बिजेता अभिकर्ताहरुलाई सम्मान गरेको छ ।

विर्तामोड झापाको होटल किंग्सबरीमा शनिवार सम्पन्न गरिएको सम्पन्न गरिएको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले विजेता अभिकर्ताहरुलाई खादा, माला, ब्लेजर कोट र सम्मान पत्रबाट सम्मान गरिएको कम्पनीले जनाएको छ ।

भारतका वरिष्ठ प्रशिक्षक प्रभु देसाईले कार्यक्रममा उपस्थित करिब १५० जना विजेता अभिकर्ताहरुलाई एमडीआरटी/सीओटी/टीओटीजस्ता उत्कृष्ट टाइटल कसरी हासिल गर्न सकिन्छ भन्ने बारे प्रशिक्षण दिएको कम्पनीले जनाएको छ ।

अमेरिकामा केन्द्रीय कार्यालय रहेको अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरटीमा नेशनल लाइफबाट ४ जना सीओटी सहित १५७ जना अभिकर्ताहरू एमडीआरटीका लागि योग्य भएको कम्पनीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्