×

NMB BANK
NIC ASIA

सहकारीमा गोलमाल

नवजीवन सहकारीमा नक्कली फाइलको धन्दा, एकै परिवारका ७ जनालाई डेढ करोड दिएपछि तनाव !

जेठ २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कैलालीको धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडले विभिन्न नक्कली फाइल बनाएर डेढ करोड रुपैयाँ ऋण प्रवाह गरेको खुलेको छ ।

Sagarmatha Cement
Muktinath Bank

सहकारीकै केही कर्मचारीको मिलेमतोमा नक्कली फाइल तयार गर्न लगाई आफू निकट व्यक्तिहरूलाई ऋण दिएको खुलेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नवजीवनको नक्कली फाइल प्रकरण भित्रभित्रै भूसको आगो झँै फैलिएपछि सो फाइल प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । 


Advertisment
Nabil box
Kumari

कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका आईबीआरडीस्थित शाखाबाट एकै परिवारका ७ जनालाई नक्कली फाइलको आधारमा ऋण दिएको र फाइल प्रमाणीकरण धनगढी मुख्य कार्यालयले गरेको खुलेपछि ती फाइल प्रहरीले अनुसन्धान थालेको हो । 

Vianet communication
Laxmi Bank

जेठ १२ गते नै फाइलहरूमध्ये ६ वटा झिकाएर आवश्यक अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख तथा प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । 

कसलाई कति ऋण ?

प्रहरी निरीक्षक भण्डारीका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका– ३ की २८ वर्षीया श्रिया नेपाल लामिछाने बिकको नाममा २० लाख, २९ वर्षीय सागर लामिछाने बिकको नाममा २५ लाख, ३६ वर्षीय रमेश सुनारको नाममा २५ लाख, ३७ वर्षीय मोहन सुनारको नाममा २० लाख, २८ वर्षीया सुष्मा लामिछाने सुनारको नाममा २० लाख, ३१ वर्षीय सुसन सुनारको नाममा २५ लाख र पुर्नवास नपा ६ आईबीआरडीका ३७ वर्षीय दीपक विश्वकर्माको नाममा २० लाख गरी १ करोड ५० लाख रुपैयाँ एकै परिवारका सदस्य तथा आफन्तमा लगानी गरिएको प्रहरीले जनाएको छ ।

सहकारीका ती नक्कली फाइल प्रमाणीकरण तथा सदर धनगढी मुख्य शाखाका सहायक महाप्रबन्धक एवं तत्कालीन धनगढी मुख्य शाखा प्रमुख प्रेमराज जोशी र धनगढी शाखाका ऋण विभाग प्रमुख धनञ्जय भट्टले गरेको पाइएको छ ।

प्रहरी निरीक्षक भण्डारीले भने, ‘फाइलमा जे जति कागजात छन्, ती सबै नक्कली छन् । जसको प्रमाणीकरण सहकारीका जिम्मेवार अधिकारीबाट भएको छ । यहाँसम्म कि, नक्कली जग्गाको चार किल्ला प्रमाणित गर्ने कार्य सम्बन्धित वडा कार्यालय गरेको छ । जग्गा धितोको नक्कली भ्यालुएसन समेत गरिएको छ ।’ 

जग्गाको नक्कली नक्सासहितको कित्ताको चार किल्ला प्रमाणित पुनर्वास नगरपालिकाको ४ नं. वडा कार्यालयलगायत वडा कार्यालयले गरेको भेटिएको छ भने नक्कली जग्गाको भ्यालुएसन तयार पार्ने काम दिनेश इञ्जीयरिङ कन्सल्ट धनगढीले गरेको छ ।

यसरी नक्कली फाइल पेश सदर भएपछि ती नक्कली ऋणीको खातामा अप्रिल १५ र १७ मा रकम जम्मा भएको प्रहरीले जनाएको छ ।

कसरी फेला पर्‍यो नक्कली फाइल ?

लगानी गरिएका ऋणीहरूमध्ये दीपक विश्वकर्मबाट शुरूआती अवस्थामै नियमित साँवा र ब्याज नआएपछि सहकारीले विश्वकर्मबारे खोजीनीति बढायो । 

उनको फाइल अध्ययनका क्रममा प्रयोग गरिएको धितो वास्तविक नभएको भेटिएपछि सहकारीभित्रै खैलाबैला मच्चियो । अरू फाइल पनि यस्तै छन् कि भनेर खोज्दै जाँदा थप ६ वटा शंकास्पद फाइल फेला परेको बताइएको छ । 

धितोसहितको कागजातको वास्तविकता बुझ्न सहकारीको धनगढी शाखाले २०७९ वैशाख १२ गते र आईबीआरडी शाखाले २०७९ चैत १२ गते नै ती फाइलमा उल्लेखित जग्गाको विवरण खुलाइदिन मालपोत कार्यालय बेलौरी, कञ्चनपुरलाई पत्रचार गरेका थिए ।

मालपोत कार्यालयको कागजात दुरुपयोग

प्रहरीको पत्र अनुसार मालपोत कार्यालय बेलौरीले आफ्नो फाइल रुजु गर्दा फाइलमा उल्लेखित व्यक्तिहरूका नाम, कित्ता, जग्गा विवरणहरू र रोक्का विवरणहरू सो कार्यालयको अनलाइन र श्रेस्ता/रोक्का अभिलेखसँग मेल नखाएको भेटिएको बताइएको छ । मालपोत कार्यालय बेलौरीका प्रमुख सुनिल सागर जोशीले आफ्नो कार्यालयको छाप, सरकारी कर्मचारीको दस्तखतको समेत दुरुपयोग भएको बताए । 

वित्तीय संस्थाहरूको पत्रचारपछि आफ्नै कार्यालयको कागजात दुरुपयोग भएको चाल पाएर मालपोत कार्यालय बेलौरीमा हाल प्रहरी गुहार्न थालेको छ ।

वैशाख १६ गते मालपोत कार्यालय बेलौरीले इलाका प्रहरी कार्यालयलाई आवश्यक अनुसन्धान गर्ने सम्बन्धमा पत्रचार गरेको छ ।

मालपोत कार्यालय बेलौरी प्रमुख जोशीले लोकान्तरसँग भने, ‘वित्तीय संस्थाहरूले पनि हामीसँग वास्तविकता नबुझी लगानी गरेको देखिन्छ । दृष्टिबन्धक पास भएको हो कि, होइन ? हामीले पठाएको कागजात छ, छैन ? यहाँ आएर जानकारी लिएर मात्रै लगानी गर्नुपर्ने हो । तर अप्ठेरो नपर्दासम्म बुझ्न आउँदैनन् । अर्को कुरा, बाहिर–बाहिरबाटै हाम्रो कागजात पनि दुरुपयोग भएको छ । त्यसैले उक्त अभिलेखसँग हाम्रो अभिलेखले मेल नखाँदा र पूर्जासमेत बाहिरै बनाइदिने भए । रोक्का पनि बनाइदिने । दृष्टिबन्धक पनि बनाइदिने । हाम्रो सिग्नेचर पनि बनाइदिने भए । त्यही भएर आवश्यक अनुसन्धानका लागि प्रहरीलाई पत्रचार गरिसकेका छौं ।’

कार्यालय प्रमुख जोशीले आफूहरूले आवश्यक कागजातबारे अनुसन्धान गरी संलग्न व्यक्तिविरुद्ध किटानी जाहेरी समेत दिने जानकारी दिए ।

नक्कली फाइल प्रकरणपछि नवजीवनले सहकारीको आधारभूत मान्यता समेत पालना नगरेको तथ्य समेत उजागर भएको छ ।

सहकारीले एकै परिवारका दुईभन्दा बढीसदस्यमा ऋण लगानी गर्न मिल्दैन । साथै सहकारीको शेयर सदस्यता लिएको तीन महिना नपुग्दै लगानी गर्न मिल्दैन । तर नवजीवनले ती सबै मान्यता तथा प्रावधानलाई मिच्दै लगानी गरेको स्रोतको दाबी छ ।

अश्चार्य लाग्दो कुरा के छ, भने डेढ करोड रकम पुर्‍याउन योजनाबद्ध ढंगले विभिन्न फाइल बनाएर लगानी गरेको देखिएको छ । ठूलो रकम एकैचोटी निकाल्न नमिल्ने भएपछि ७ वटा अलग–अलग फाइल बनाइएको स्रोतको दाबी छ । 

स्रोतका अनुसार शाखा कार्यालयले २० लाखसम्म, धनगढीको मुख्य शाखा कार्यालय प्रमुखले २५ लाखसम्म, महाप्रबन्धकको स्वीकृतिमा ३५ लाखसम्म, ऋण समितिको स्वीकृतिमा ५० लाखसम्म र सो भन्दामाथिको लागि सञ्चालक समितिको स्वीकृति चाहिने क्षेत्राधिकार सहकारीमा निर्धारण गरिएको छ । 

सो क्षेत्रधिकारलाई पनि मध्यनजर गरी विभिन्न फाइल तयार पारेको स्रोतको भनाइ छ । यसरी ऋण दिलाएबापत निश्चित प्रतिशत रकम ऋण स्वीकृत गर्ने अधिकारीसम्म पुग्ने गरेको स्रोतको दाबी छ ।

भित्रभित्रै सबै रकम असुली

नक्कली फाइल प्रकरणले सहकारीलाई नराम्ररी गिजोल्न थालेपछि सहकारीले जोखिमपूर्ण लगानी तत्काल असुली गरेको पाइएको छ । एक करोड ५० लाख साँवा र पाँच लाख ब्याजबापतको रकम असुल गरिसकेको सहकारीले जनाएको छ ।

लगानी गर्न तयार पारिएको फाइलमा आशंका लाग्ने बित्तिकै सहकारीको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले दीपक विश्वकर्मालाई नियन्त्रणमा लियो । दीपक विश्वकर्मलाई नियन्त्रणमा लिनेबित्तिकै अन्य ६ जना फरार भए ।

दीपक विश्वकर्मा प्रहरीको नियन्त्रणमा रहेको र बाँकी ६ जना फरार रहेको अवस्थामा यति ठूलो रकम छोटो समयमा कसरी सहकारीको खातामा जम्मा भयो ? कोमार्फत भयो ? भन्नेबारे सहकारीकै पदाधिकारीहरू अचम्मित छन् । 

नक्कली फाइल प्रकरणमा मुछिएका कर्मचारीलाई सहकारीका केही पदाधिकारीले संरक्षण गरेको आरोप छ । कोही भने नियतवश सहकारीको प्रतिष्ठामाथि खेलबाड गर्नेलाई हदैसम्मको कारवाही हुनुपर्ने भन्दै लागेका छन् ।

सहकारीका अध्यक्ष देवबहादुर बमले सहकारीभित्रै र केही ग्राहकबाट नियमविपरीत कार्य भएको स्वीकार गर्दै भने, ‘ऋण लगानी नियमसंगत नदेखिएको आशंका लाग्नेबित्तिकै जोखिमपूर्ण लगानी असुल गरिसकेका छौ । यसमा कर्मचारीहरूले बुद्धि पुर्‍याएनन् । यसमा आठौं र नवौं तहका कर्मचारी मुख्य जिम्मेवार छन् ।’

पैसा मात्रै असुल गरेर नहुने बताउँदै उनले नक्कली फाइलबारे छानबिन समिति नै गठन गरी छानबिन गरिसकेको र थप अनुसन्धानका लागि इप्रका बेलौरी, कञ्चनपुर र जिल्ला प्रशासन कार्यालय कैलालीलाई समेत पत्रचार गरेको जानकारी दिए । 

यो प्रकरण सहकारीको गरिमा र प्रतिष्ठासँग जोडिएकाले गलत कार्य गर्नेलाई कुनै पनि हालतमा नछाडिने र संलग्नलाई छिट्टै नै कारवाहीको दायरामा ल्याउने अध्यक्ष बमले प्रतिबद्धता जनाए ।

करागार चलानपछि एकजना धरौटीमा छुटे

नक्कली फाइल प्रकरणमा कारागार चलान गरिएका एकजना धरौटी बुझाइ तारेखमा छुटेका छन् ।

इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रमुख तथा प्रहरी निरीक्षक नरेशराज मल्लका अनुसार २०७६ वैशाख ९ गते मालपोत कार्यालय बेलौरीबाट कीर्ते जग्गा धनी प्रमाणपूर्जा बनाई २०७८ कार्तिक १४ गते नवजीवन सहकारी संस्थाको आईबीआरडी शाखाबाट १५ लाख रुपैयाँ निकाली ठगी गरेको कसुरमा उनलाई कारागार चलान गरिएको थियो ।

उनलाई २०७८ चैत २८ गते पक्राउ परी अनुसन्धानपश्चात सरकारी वकिलको कार्यालय कञ्चनपुरमार्फत जिल्ला अदालत कञ्चनपुरमा पेश गरिएको थियो । 

अदालतको वैशाख २५ गतेको आदेशअनुसार उनीबाट एक लाख धरौटी माग गरिएकोमा तिर्न नसकी कारागार चलान गरिएको थियो । हाल उनी एक लाख रुपैयाँ धरौटी रकम बुझाइ तारेखमा छुटेका छन् ।

त्यस्तै, नक्कली फाइल बनाइ ऋण लिने अन्य ६ जना फरार रहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

२०५० सालमा स्थापना भएको नवजीवन सहकारीका १० वटा शाखा कार्यालयहरू छन् । देशैभरी कार्यक्षेत्र बनाएको सहकारीका २६ हजार बढी शेयर सदस्य छन् ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x